

नेपालमै पहिलो पटक पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिता हुँदै
11.1kViews
376
Shares
काठमाडौं । उद्यमशीलताको क्षेत्रमा नयाँ सोच र नवप्रवर्तकको प्रवर्द्धन गर्ने उद्देश्यले एलिसन हस्पिटालिटी प्रा. लि. ले नेपालमै पहिलो पटक इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरु बीच पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिताको आयोजना गर्दैछ । २०८२ साल वैशाख १५ गते देखी १७ गते सम्म काठमाडौंमा पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिता हुने भएको हो ।
नेपालको कुनैपनि युनिभर्सटीबाट सिभिल तथा आर्किटेक्ट अध्ययन गरिरहेका विद्यार्थीले प्रतियोगितामा भाग लिन पाउने छन् । प्रतियोगितामा सामेल हुन चाहने विद्यार्थीहरुले कन्सेप्ट पेपर पेस गर्नु पर्नेछ । उत्कृष्ट १० वटा कन्सेप्ट पेपर छनौट गरी प्रतिस्पर्धामा सहभागी गराईने आयोजक एलिसन हस्पिटालिटीका अध्यक्ष एलिना मगरले बताउनु भयो । सहभागीले निःशुल्क प्रवेश गरी प्रतियोगितामा सामेल हुन पाउने छन् ।
‘कोसी प्रदेशको जुनसुकै पर्यटकीयस्थल वा नवस्थललाई आफ्नो प्रोजेक्टको टार्गेट स्थलका रूपमा लिएर भूगोल परिवेशअनुसार पर्यटन लक्षित प्रोजेक्ट निर्माण गर्नुपर्ने हुन्छ । सो प्रोजेक्ट निर्माणका लागि प्रतिस्पर्धीले अनिवार्य स्थलगत अध्ययन गर्नुपर्ने र स्थलगत अध्ययन पश्चात सो प्रोजेक्टको ड्रइङ्ग, थ्री डी, प्रोजेक्टको डमी, प्रोजेक्ट प्रेजेन्टेशन तयार गर्नु पर्दछ ।’ प्रतिस्पर्धात्मक प्रतिभा देखाउने यो अवसर विद्यार्थीहरूलाई आफ्नो रचनात्मक सोच प्रस्तुत गर्न तथा व्यावसायिक रुपमा अगाडि बढ्न प्रेरित गर्ने बताइएको छ ।
नेपालको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्न, नवीन संरचना तथा अवधारणाहरू विकास गर्न, तथा स्थानीय समुदायको उत्थानमा योगदान पुर्याउन प्रतियोगिता महत्वपूर्ण हुने अध्यक्ष मगरले जिकीर गर्नुभयो । विशेष गरी, इन्जिनियरिङ (सिभिल तथा आर्किटेक्चर) विषयका विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हुनेछ । उनीहरूले आवश्यकतानुसार टीममा मेनेजमेन्ट वा आइटीका विद्यार्थीलाई पनि सामेल गराउन सक्नेछ । टीममा अधिकतम ५ जना हुनुपर्नेछ ।
प्रतियोगिताका प्रमुख उद्देश्य नवीन तथा दिगो पर्यटन संरचना तथा योजना विकास गर्ने, स्थानीय सम्पदाको प्रवर्द्धन गर्ने, पर्यटन व्यवसाय प्रवर्द्धनमा नयाँ उपायहरूको खोजी
गरी विद्यार्थीहरूलाई व्यवसायिक स्तरमा अवसर प्रदान गर्ने रहेको छ ।
प्रतिस्पर्धीले तयार गरेका प्रोजेक्ट नव वर्ष सो प्रदर्शनीमा सङ्घीय सरकार, प्रदेश सरकार, स्थनीय निकाय, योजना आयोग, एनआरन, उद्योग वाणिज्य संघ, लगानी बोर्ड, पर्यटन बोर्ड, वित्तीय संस्था, विद्यार्थी लगायतलाई अवलोकनमा निमन्त्रणा गरिनेछ । साथै विद्यार्थीले तयार गरेको प्रोजेक्टलाई लगानीकर्ता सँग जोड्ने पुलको कार्य गरिने बताइएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद एक लाख, द्वितियलाई नगद पचास हजार, तृतियलाई पच्चीस हजार र सहभागी सम्पूर्ण टिमले दश हजार साथै प्रमाणपत्र, एवम् आकर्षक गिफ्ट ह्याम्परहरू पाउनेछन् । प्रतियोगितालाई प्राबिधिक सहयोग नेपाल ईन्जिनियर्स एसोसिएसन र सोसाईटी अफ नेप्लिज आर्किटेक्टले गर्नेछन् । कार्यक्रमको व्यवस्थापन काफल इभेन्टले गर्नेछ ।
Facebook Comments Box
समाज
थप सामाग्री-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
-
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
-
प्रचण्डको सरकारमाथि कडा आरोप: निरंकुश शैलीतर्फ उन्मुख भएको दाबी
-
आज बैशाख १७ गते बिहीबार,यस्तो छ तपाईको राशिफल
-
१५ दिनमै तलब: सरकारको नयाँ प्रणाली सुरु, अर्थतन्त्र चलायमान बनाउने अपेक्षा
वालेन सरकारलाई प्रश्नः जडीबुटीको बसपार्क कहिले हटाउने ?
६ घण्टा अगाडि
2.3kViews 456 Shares Share on Facebook Share on Twitter काठमाडौं महानगरपालिका–३२, जडीबुटीमा अरनिको बसपार्क सञ्चालित छ । बाटो छेउ र…



