

डेंगु संक्रमितको संख्या साढे ६ हजार नाघ्यो
देशभर डेंगु संक्रमण बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार विज्ञसहितको बैठक बोलाएको छ । दिउँसो १ बजे बस्ने बैठकमा डेंगु नियन्त्रणबारे ‘गाइडलाइन’ तयार पारिनेछ । बैठकमा निजी अस्पताल, सरकारी अस्पताल, स्वास्थ्य कार्यालय, स्वास्थ्यविज्ञसहितको सहभागिता रहनेछ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता सञ्जयकुमार ठाकुरले बैठकमा स्वास्थ्यकर्मी र भौतिक संरचनाको व्यवस्थापनबारे पनि छलफल हुने जानकारी दिए । मन्त्रालयको सोमबारसम्मको तथ्यांकअनुसार देशभर ६ हजार ६ सयजनामा डेंगु संक्रमण पुष्टि भएको छ । अहिले १० जिल्लामा डेंगु भयावह छ । तीमध्ये ललितपुर, काठमाडौं, मकवानपुर, रुपन्देही, धादिङ, भक्तपुर, तेह्रथुम, गुल्मी, सिन्धुली र संखुवासभामा डेंगु बढी देखिएको छ । मन्त्रालयले यी जिल्लालाई प्राथमिकतामा राखेर नियन्त्रणका कार्यक्रम अघि सार्न जिल्लास्थित स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको छ ।
स्वास्थ्य मन्त्रालयले डेंगु जाँच्ने किटको अभाव नहुने जनाएको छ । मन्त्रालयले देशैभरका स्वास्थ्य संस्थालाई निःशुल्क डेंगु परीक्षण गर्न यसअघि नै निर्देशन दिइसकेको छ । संक्रमण भयावह हुने अवस्था आएकाले मन्त्रालयले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)सँग किट माग गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता ठाकुरले जानकारी दिए ।
मन्त्रालयका प्रवक्ता डा. ठाकुरले ९० प्रतिशतलाई डेंगु आफैँ निको हुने बताए । उनका अनुसार एडिसएजिप्ट प्रजातिको लामखुट्टेले दिउँसो टोक्दा डेंगु हुन्छ । यो सहरिया लामखुट्टे हो ।
समाज
थप सामाग्री-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
-
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
-
लगनखेलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न, भोटो जात्राको तयारी सुरु
-
दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न
-
डीआईजी ओमप्रसाद अधिकारीद्वारा मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हालियो
आज असार ४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
१० घण्टा अगाडि
2.1kViews 294 Shares Share on Facebook Share on Twitter मेष- अनावश्यक कार्यमा समय खर्च हुने सम्भावना छ। योजना अनुसार सफलता हात…



