

सिलाजित सहितबुढाथोकी पक्राउ
काठमाडौं माघ २५ ।त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको कार्गो कम्प्लेक्सबाट आवश्यक कागजात विना निर्यात गर्न लागिएको करिब ३ केजी सिलाजित जस्तो देखिने अर्धठोस पदार्थ सहित काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-६ घर भएका २१ वर्षीय अनिल बुढाथोकीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
कार्गो कम्प्लेक्सको एक्सपोर्टतर्फको एक्सरे एरियामा प्रहरीले स्क्रिनिङ गर्ने क्रममा डिएचएल एक्सप्रेस नेपाल प्रालि, काठमाडौं नेपाल केयुके बिल्डिङ सिनामंगलको स्टिकर सहित ट्याग लगाएको कार्टुन निर्यात प्रयोजनको लागि आवश्यक कागजात विना निर्यात गर्न लागिएको अवस्थामा फेला पारी उक्त सामान डिलिभर गर्न खटिएका बुढाथोकीलाई पक्राउ गरेको हो ।
उनलाई बरामद पदार्थ सहित आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।
समाज
थप सामाग्री-
उपत्यकामा ट्राफिकको कडा ‘एक्सन’ : दैनिक सयौँ कारबाही, राजस्वभन्दा सचेतनामा जोड
-
आईजीपी को प्रमुख आतिथ्यमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न
-
द्वन्द्वकालीन गम्भीर अपराधमा कारबाहीको बाटो खुला, सर्वोच्चको परमादेश
-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
-
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
प्रचण्डको सरकारमाथि कडा आरोप: निरंकुश शैलीतर्फ उन्मुख भएको दाबी
६ घण्टा अगाडि
1.7kViews 406 Shares Share on Facebook Share on Twitter सुर्खेत । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारमाथि निरंकुश…



