

डेङ्गुका कारण दुई बालिकाको मृत्यु
धनगढी । सुदूरपश्चिममा डेङ्गुका कारण दुई बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कैलालीको टिकापुर नगरपालिका–६ की १२ वर्षीया बालिका र दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ की ५ वर्षीया बालिका रहेकिछन् । उनको उपचारका क्रममा बुधबार बाँकेको भेरी अस्पतालमा मृत्यु भएको जनाइएको छ ।![]()
यसैगरी दार्चुलामा पनि डेङ्गुका कारण एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मालिकार्जुन गाउँपालिका–४ हुनैनाथकी ५ वर्षीया बालिका उषा धामी रहेकिछन् ।
भदौ २० गते जिल्ला अस्पताल दार्चुला भर्ना गरिएकी ती बालिकामा डेंगुसँगै स्क्रब टाइफसको समेत संक्रमण देखाएको मालिकार्जुन गाउँपालिकाका स्वास्थ्य संयोजक गुणराज ओझाले बताए । डेङ्गु र स्क्रब टाइफस समेत देखिएकी ती बालिकालाई अभिभावकले घर लगेका थिए ।
घर लगिएकी बालिकालाई स्थानीय स्वास्थ्यचौकिमा उपचार गर्दा बिहीबार बिहान ती बालिकाको मृत्यु भएको संयोजक ओझाले बताए । दार्चुलामा डेङ्गुका रोगीको संख्या उच्च रहेको छ ।
दार्चुलामा बिहीबार सम्म ३९ जनामा डेङ्गुको संक्रमण पुष्टि भएको जिल्ला अस्पतालले जनाएको छ । डुङ्गुकै कारण भदौ १४ गते धनगढी उपमहानगरपालिका–१२ की ३५ वर्षीया गीता शाहीको पनि मृत्यु भएको थियो ।
समाज
थप सामाग्री-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
-
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
-
लगनखेलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न, भोटो जात्राको तयारी सुरु
-
दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न
-
डीआईजी ओमप्रसाद अधिकारीद्वारा मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हालियो
आज असार ४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
१० घण्टा अगाडि
2.1kViews 294 Shares Share on Facebook Share on Twitter मेष- अनावश्यक कार्यमा समय खर्च हुने सम्भावना छ। योजना अनुसार सफलता हात…



