

काठमाडौँ १० : किर्तिपुरलाई आइटी हब बनाउने रुपा महर्जनको घोषणा
काठमाडौँ ।
नेपाली कम्युनिष्ट पार्टी काठमाडौँ क्षेत्र नं. १० कि उम्मेदवार रूपा महर्जन(श्रेष्ठ)ले किर्तिपुरलाई आईटी हबको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । उनले आफु निर्वाचित भएमा किर्तिपुरलाई आइटी हबको रुपमा विकास गर्दै रोजगारीको सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेकी हुन् । उनले सामुदायिक विद्यालय तथा कलेजहरूको स्तरोन्नति गर्ने, हात्तीवन–चम्पादेवी–चन्द्रागिरि पैदल मार्गको स्तरोन्नति गर्ने, चन्द्रागिरी–कीर्तिपुर–दक्षिणकाली सडक विकास गरी सार्वजनिक यातायात सञ्चालन गर्ने र कीर्तिपुर–मकवानपुर जोड्ने सडक विस्तार गर्ने पनि उनको प्रतिबद्धता छ ।
उनले चम्पादेवीस्थित जातीय संग्रहालयलाई मूर्त रुप दिने, खेलकुद प्रशिक्षणको हबको रूपमा विकास गर्ने, जनआन्दोलन, जनयुद्ध र जेन्जी आन्दोलनको अध्ययन, अनुसन्धान र स्मृति स्थलका रूपमा मसिनको शान्तिपार्कलाई विकास गर्ने र विभिन्न पार्क तथा खेलमैदानको स्तरोन्नति गर्ने पनि उनको घोषणा छ ।
काठमाडौं दक्षिण–पश्चिम भेग (दक्षिणकाली–कीर्तिपुर–चन्द्रागिरी नगरपलिका क्षेत्र) को आर्थिक, सामाजिक, सास्कृतिक क्रियाकलापको समन्वय गर्ने, सो निर्वाचन क्षेत्रलाई नमुना क्षेत्रका रूपमा विकास गर्न केन्द्रीय बजेट सुनिश्चित गर्न पहल गर्ने पनि उनको भनाई छ । उनले क्षेत्र नं. १० मा जलाधार क्षेत्रको संरक्षण गर्दै खानेपानीको उचित व्यवस्थापन गर्ने पनि प्रतिबद्धता गरेकी छन् ।
समाज
थप सामाग्री-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
१९ घण्टा अगाडि
1.6kViews 380 Shares Share on Facebook Share on Twitter धनगढी । सुदूरपश्चिम प्रदेशका तत्कालीन प्रहरी प्रमुख डीआईजी ओमबहादुर रानाले सरुवा…



