

मध्यपूर्वमा मिसाइल बर्सिँदा रातभरि निदाउन सकिनँ-ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मध्यपूर्वमा मिसाइल बर्सिँदा आफू रातभरि निदाउन नसकेको बताएका छन्।
आइतबार बिहानीपख फेसबुकमा स्ट्याटस लेख्दै ओलीले आकाशबाट बर्सिएका मिसाइलको धुवाँको दृश्यले रातभरि निद्रा नपरेको बताएका हुन्।
‘आज तपाईंहरूलाई पलपल छट्पटी भइरहँदा म निदाउन सकिनँ, बेचैन छु । यसबेला हाम्रो सजगता चाहिन्छ, धैर्य चाहिन्छ। विवेक, धैर्य र साहस- कामना गर्छु,’ उनले भनेका छन्।
लाखौं नेपाली आपत र कोलाहलमा हुँदा उनीहरूका परिवार पल पल छटपटाएर बस्नुपरेको पनि उनले बताएका छन्।
‘आज संसारभर संसारकै नागरिक छन् । किनकि अवसर छनौटको खुला विश्वमा यो स्वाभाविक हो। तर, अस्वाभाविक र खतरनाक कुरा त युद्ध हो, भूराजनीतिक चपेटा हो। ती देशहरू पनि पक्कै युद्ध चाहँदैनथे। तर शक्तिको स्वार्थ घुसेपछि विवश हुनु पर्ने,’ ओलीले लेखेका छन्।उनले सौभाग्यबस नेपालमा मिसाइलको धुवाँ भोग्नु नपरेको र कुनै पनि आवरणमा त्यो आउन नसकोस् भन्ने आफ्नो प्रार्थना रहेको बताएका छन्।
समाज
थप सामाग्री-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
१९ घण्टा अगाडि
1.6kViews 380 Shares Share on Facebook Share on Twitter धनगढी । सुदूरपश्चिम प्रदेशका तत्कालीन प्रहरी प्रमुख डीआईजी ओमबहादुर रानाले सरुवा…



