

प्रधानमन्त्री कार्कीको राजनीतिप्रतिको अति सामान्य र सतही बुझाइले मुलुक अर्को द्वन्दमा फस्ने खतरा छ ः पूर्ण बस्नेत
8.2kViews
231
Shares
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले प्रधानमन्त्री सुशीला कार्कीको राजनीतिप्रतिको अति सामान्य र सतही बुझाइले मुलुक अर्को द्वन्दमा फस्ने खतरा भएको बताएका छन् ।
बस्नेतले भने, ‘आसन्न निर्वाचनमा मतदाताले भ्रष्ट दल र तिनका नेताहरुलाई निर्मम ढङ्गले दण्डित गर्नेछन् । तर त्यसको बदलामा निर्वाचनबाट विचार, सिद्धान्त र दृष्टिकोणविहीन अराजक र ठगहरु राष्ट्रिय राजनीतिमा स्थापित हुने हुन् कि भन्ने आशंका पनि त्यतिकै छ । यसो भयो भने मुलुक अर्को द्वन्दमा फस्न सक्छ ।’
संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था, निर्वाचन प्रणालीमा सुधार, निर्वाचन क्षेत्र पुनर्निधारणलगायतका महत्वपूर्ण विषयमा संविधान संशोधन गरी जेनजी आन्दोलनको भावना र म्याण्डेटअनुसार मुलुकलाई निकास दिने प्रयास नगरी निर्वाचनका लागि निर्वाचन गर्ने कुरामा मात्र केन्द्रित हुने कुरा नै सुशीला कार्कीको राजनीतिप्रतिको बुझाइ अति सामान्य र सतही भएको उनको टिप्पणी रहेको छ ।
मुलुकको विषम परिस्थितिमा प्रधानन्यायाधीस भइसकेको व्यक्ति मुलुकको कार्यकारी प्रमुख हुँदा जनताका धेरै अपेक्षा पुरा हुने आशा गरिएको थियो तर सरकारको अर्कमण्यताले मुलुक अस्थिरतातर्फ धकेलिने अवस्था आउन लागेको उनको आशंका रहेको छ ।
मतदाताहरुको सचेतना र विवेकपूर्ण निर्णयबाहेक मुलुकलाई निकास दिने अर्को विकल्प अब बाँकी नरहेको उनको भनाइ छ । उनले जसपा नेपालको छाता चिन्हमा मतदान गर्न सबैमा अपिल समेत गरेका छन् ।
Facebook Comments Box
समाज
थप सामाग्री-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
१९ घण्टा अगाडि
1.6kViews 380 Shares Share on Facebook Share on Twitter धनगढी । सुदूरपश्चिम प्रदेशका तत्कालीन प्रहरी प्रमुख डीआईजी ओमबहादुर रानाले सरुवा…



