

देशभर प्रतिनिधिसभा निर्वाचन सुरु : ७७ जिल्लामा एकै चरणमा मतदान सुरु
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज देशभरका निर्वाचन केन्द्रमा उत्साहपूर्ण रूपमा मतदान सुरु भएको छ। बिहान ७ बजेदेखि मुलुकका ७७ वटै जिल्लामा एकै चरणमा मतदान प्रक्रिया आरम्भ भएको हो।
मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि यो तेस्रो प्रतिनिधिसभा निर्वाचन हो। यसअघि २०७४ र २०७९ सालमा निर्वाचन सम्पन्न भएको थियो। लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउने महत्वपूर्ण अवसरका रूपमा यस निर्वाचनलाई हेरिएको छ।
यसपटक ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’ (प्रत्यक्ष)तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि मतदान भइरहेको छ। प्रत्यक्ष प्रणालीअन्तर्गत ६१ वटा निर्वाचन चिह्नमार्फत ६५ राजनीतिक दल प्रतिस्पर्धामा उत्रिएका छन्।
प्रत्यक्षतर्फ कुल तीन हजार ४०६ उम्मेदवार चुनावी मैदानमा छन्। जसमा तीन हजार १७ पुरुष, ३८८ महिला र एक जना अन्य उम्मेदवार रहेका छन्। समानुपातिकतर्फ भने एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन्।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ। मतदातालाई निर्धक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गरिएको छ।
लोकतन्त्रको सुदृढीकरण र जनप्रतिनिधि चयनको यो ऐतिहासिक क्षणमा मतदाताको उत्साहजनक सहभागिताले मुलुकको राजनीतिक स्थायित्व र विकास यात्रालाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
१९ घण्टा अगाडि
1.6kViews 380 Shares Share on Facebook Share on Twitter धनगढी । सुदूरपश्चिम प्रदेशका तत्कालीन प्रहरी प्रमुख डीआईजी ओमबहादुर रानाले सरुवा…



