

कुलमानलाई उछिन्दै राजु पाण्डे अग्रस्थानमा, काठमाडौंका सबै क्षेत्रमा रास्वपा अघि
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा काठमाडौं–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजु पाण्डे अग्रस्थानमा पुगेका छन्। प्रारम्भिक चरणदेखि अग्रता लिइरहेका उज्यालो नेपाल पार्टीका कुलमान घिसिङलाई पाण्डेले पछाडि पारेका हुन्।
बिहान करिब ५ बजेसम्मको मतगणना अनुसार पाण्डेले २,९६० मत प्राप्त गरेका छन् भने घिसिङले २,७०६ मत पाएका छन्। यससँगै पाण्डेले घिसिङमाथि २५४ मतको अग्रता बनाएका छन्।
यसैगरी नेपाली कांग्रेसका रमेश अर्यालले ५८३ मत र नेकपा एमालेका रामेश्वर फुयाँलले ४५६ मत प्राप्त गर्दै प्रतिस्पर्धामा पछ्याइरहेका छन्।
काठमाडौं–३ को मतगणनामा रोचक प्रतिस्पर्धा देखिँदै गएको छ भने मतपरिणाम समय–समयमा परिवर्तन हुने संकेत देखिएको छ।
यसैबीच, काठमाडौंका अन्य निर्वाचन क्षेत्रहरूको जारी मतगणना अनुसार पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरू सबै क्षेत्रमा अग्रस्थानमा देखिएका छन्। यसले राजधानीमा रास्वपाको प्रभाव बलियो देखिएको विश्लेषण गरिएको छ।
मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै समय लाग्ने निर्वाचन अधिकारीहरूले बताएका छन्।
समाज
थप सामाग्री-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
१९ घण्टा अगाडि
1.8kViews 250 Shares Share on Facebook Share on Twitter काठमाडौं । ललितपुरको जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको प्रसिद्ध भोटो जात्रा हुँदैछ।…



