

काठमाडौंका १० वटै क्षेत्रमा रास्वपाको क्लिनस्वीप
काठमाडौं । काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले क्लिनस्वीप गरेको छ। ०७९ मा काठमाडौंका १० क्षेत्रमध्ये ४ क्षेत्रमा जितेको रास्वपाले अहिले ती क्षेत्रमा जित दोह¥याउँदै थप ६ क्षेत्रमा जितेर क्लिनस्वीप गर्न सफल भएको हो।
रास्वपाबाट उम्मेदवार बनेर काठमाडौं १ मा रञ्जु दर्शना (न्यौपाने), काठमाडौं २ मा सुनिल केसी, काठमाडौं ३ मा राजुनाथ पाण्डे, काठमाडौं ४ मा पुकार बम, काठमाडौं ५ मा सस्मित पोखरेल, काठमाडौं ६ मा शिशिर खनाल, काठमाडौं ७ मा गणेश पराजुली, काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ, काठमाडौं ९ मा डोलप्रसाद अर्याल र काठमाडौं १० मा प्रदिप विष्ट निर्वाचित भएका छन्।
०७९ मा रास्वपाबाट उम्मेदवार बनेर काठमाडौं २ मा सोविता गौतम, काठमाडौँ–६ मा शिशिर खनाल, काठमाडौं ७ मा गणेश पराजुली र काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ निर्वाचित भएका थिए । तीन क्षेत्रमा पुरानै अनुहार दोहोरिएका छन् भने काठमाडौं २ मा ०७९ मा जितेकी सोविता गौतम अहिले चितवन–३ मा उम्मेदवार बनेकी छन् ।
काठमाडौं १ मा दर्शनाले १५ हजार ४५५ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत ल्याए।
काठमाडौं २ मा केसीले ३४ हजार २३८ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार कबिर शर्माले ८ हजार ८७४ मत ल्याए।
काठमाडौं ३ मा पाण्डेले १८ हजार ७५७ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ११ हजार १७१ मत ल्याए ।
काठमाडौं ४ मा बमले २९ हजार २४२ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार सचिन तिमल्सेनाले ८ हजार ८२४ मत ल्याए।
काठमाडौं ५ मा पोखरेलले ३० हजार ७३७ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार प्रदीप पौडेलले ९ हजार १५९ मत ल्याए ।
काठमाडौं ६ मा खनालले २७ हजार ७१९ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत ल्याए ।
काठमाडौं ७ मा पराजुलीले २७ हजार ८०५ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रमोदहरि गुरागाईले ३ हजार ९८२ मत ल्याए।
काठमाडौं ८ मा श्रेष्ठले २४ हजार ५९२ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार सुमन सायमीले ३ हजार २१७ मत ल्याए ।
काठमाडौं ९ मा अर्यालले ३५ हजार ९३ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार नानुमैया बास्तोलाले ५ हजार ४६० मत ल्याइन्।
काठमाडौं १० मा विष्टले ३७ हजार ४६९ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार हिमाल कार्कीले ८ हजार १०० मत ल्याए।
समाज
थप सामाग्री-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
१९ घण्टा अगाडि
1.6kViews 380 Shares Share on Facebook Share on Twitter धनगढी । सुदूरपश्चिम प्रदेशका तत्कालीन प्रहरी प्रमुख डीआईजी ओमबहादुर रानाले सरुवा…



