सिन्धुपाल्चोक–२ बाट विजयी भएपछि युवराज दुलालको प्रतिबद्धता: “यो मेरो होइन, जनताको विश्वासको विजय हो”

काठमाडौं । सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका युवराज दुलालले आफ्नो विजयलाई व्यक्तिगत सफलता नभई सिन्धुपाल्चोकबासी जनताको विश्वास र आत्मसम्मानको जित भएको बताएका छन्।
निर्वाचन परिणाम सार्वजनिक भएपछि जारी धन्यवाद सन्देशमार्फत उनले आफूलाई विजयी बनाउने सम्पूर्ण मतदाताप्रति हृदयदेखि आभार व्यक्त गरेका छन्। उनले सिन्धुपाल्चोकका आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूले दिएको मत केवल मतदानको औपचारिक प्रक्रिया नभई जिल्लाको समृद्ध भविष्यप्रतिको आशा र विश्वासको प्रतीक भएको बताएका छन्।
दुलालले जनताले दिएको विश्वासलाई सधैं सम्मान गर्ने र जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्। उनले प्रदेश सांसद तथा मन्त्रीका रूपमा काम गर्दा गाउँ–गाउँमा पुगेर जनतासँग सुखदुःख साटेको स्मरण गर्दै संघीय संसद पुगेपछि पनि त्यही सरलता र सेवाभावका साथ जनतामाझ रहने बताए।
उनले निर्वाचनमा प्रतिस्पर्धा गर्ने सबै उम्मेदवारप्रति पनि सम्मान व्यक्त गर्दै चुनाव विचार र दृष्टिकोणको प्रतिस्पर्धा मात्र भएको बताए। अब चुनाव सकिएको र सिन्धुपाल्चोकको विकासका लागि सबै दल, उम्मेदवार र नागरिक एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन्।
दुलालले आफ्नो राजनीतिक यात्रामा मार्गदर्शन गर्ने नेताहरु पुष्प कमल दाहाल  ‘प्रचण्ड’ र माधवकुमार नेपाल  प्रति विशेष आभार व्यक्त गरेका छन्। साथै चुनावी अभियानमा गाउँबस्ती र टोलटोलमा पुगेर मेहनत गर्ने पार्टीका नेता–कार्यकर्ता तथा विभिन्न मोर्चाका अगुवाहरूको योगदानलाई पनि उनले अविस्मरणीय बताएका छन्।
निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन भूमिका निर्वाह गर्ने सुरक्षा निकाय, प्रशासनिक कर्मचारी तथा सञ्चारकर्मीप्रति पनि उनले धन्यवाद दिएका छन्।
“म सधैं इमान्दार, जिम्मेवार र जनताको सेवामा समर्पित जनप्रतिनिधिका रूपमा काम गर्नेछु,” दुलालले आफ्नो सन्देशमा उल्लेख गरेका छन्।
२४ फागुन २०८२ मा चौताराबाट जारी सन्देशमार्फत उनले सिन्धुपाल्चोकको समृद्धि र विकासका लागि सबैसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका

Facebook Comments Box
TOP
379 Shares