

आज चैत्र ०६ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
मेष- आज तपाईंले सोचेका कामहरू सफलतापूर्वक सम्पन्न हुनेछन् र अन्न लाभ पनि हुनेछ । नजिकका साथीभाइ टाढिन सक्छन् । अरूको फाइदाका लागि उपयोगी बन्नुपर्ने तर आफ्ना लागि परिस्थिति केही प्रतिकूल रहन सक्छ । प्रतिस्पर्धामा कमजोर सावित हुन सक्ने सम्भावना छ । आफन्तबाट समेत टाढिनुपर्ने समय छ।
वृष- नसोचेको ठाउँबाट धन लाभ हुने सम्भावना छ । तर बाध्यतामा अलमलिँदा चिताएको काम रोकिन सक्छ । काम बिग्रने डरले मन अशान्त रहन सक्छ । बेसुरमा बचन दिने बानीले समस्या निम्त्याउन सक्छ, त्यसैले सचेत रहनुहोला । महत्वाकांक्षी योजना गोप्य राख्नु उपयुक्त हुनेछ । व्यवसायमा लगानी बढाउने समय छ । आफ्नै कमजोरीका कारण विवादमा पर्न सकिने योग छ ।
मिथुन- आज धन लाभको सम्भावना छ भने टाढाको यात्राको पनि योग रहेको छ । दिन रमाइलोसँग बित्नेछ । कृषिबाट सामान्य लाभ मिल्नेछ । परिवारमा आमाको सहयोगबाट काम बन्न सक्छ । तपाईंको कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा दिलाउनेछ । सहयोगीहरूबाट राम्रो साथ पाइनेछ ।
कर्कट- मसलाजन्य खानाबाट विशेष सावधान रहनुहोस्, स्वास्थ्य समस्या आउन सक्छ । पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वसँग भेट्ने अवसर मिल्नेछ। ठूलै फाइदाको आश्वासन पाइनेछ र विशेष योजनाहरू बन्नेछन् । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । तपाईंका कामको धेरैले प्रशंसा गर्नेछन्।
सिंह- राम्रो कर्मफल प्राप्त भई मन प्रसन्न रहनेछ । सामाजिक क्षेत्रमा नेतृत्व प्राप्त हुने सम्भावना छ । असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्छ, त्यसैले सजग रहनुहोस् । बलभन्दा बुद्धिको प्रयोग गर्दा फाइदा हुनेछ । अनायासै धन खर्च हुने सम्भावना छ । आम्दानीमा अवरोध ल्याउनेहरू सक्रिय हुन सक्छन् ।
कन्या- पारिवारिक जमघटमा मन रमाउनेछ । तर भेटघाटका कारण अलमल हुँदा नोक्सान हुन सक्छ । प्रतिस्पर्धीहरू परास्त हुनेछन् । सहयोगीहरूबाट राम्रो साथ पाइनेछ र काममा सफलता मिल्नेछ । अवसर आएपनि त्यसको पूर्ण लाभ उठाउन नसकिने सम्भावना छ । धेरै प्रयासपछि मात्र सामान्य फाइदा हुनेछ । लाभ सञ्चय गर्न कठिन हुनेछ।
तुला- अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । काममा लगानी गर्ने समय छ । विदेश भ्रमणका लागि प्रयास गर्न सकिन्छ । राम्रो आम्दानी गर्ने अवसर मिल्नेछ । पराक्रम र उत्साह बढ्नेछ । उद्योग तथा व्यापारमा विशेष लाभको योग छ । प्रतिष्ठित काम गर्ने मौका प्राप्त हुनेछ । साथीभाइको सहयोगले आत्मविश्वास बढाउनेछ।
वृश्चिक- मेहनतले प्रशस्त लाभ प्राप्त गर्न सकिनेछ । व्यापारमा पनि राम्रो फाइदा हुनेछ । विशिष्ट व्यक्तित्वको सहयोग मिल्नेछ । तर सहयोगीहरूबाट धोका पाउने सम्भावना भएकाले सचेत रहनुहोस्। आलस्य बढ्न सक्छ र खर्च पनि बढ्ने देखिन्छ । बन्ने निश्चित भएको काम अचानक बिग्रन सक्छ । तर कामको उचित मूल्य प्राप्त हुनेछ।
धनु- लाभदायक काम सुरु गर्ने समय छ । गरिएका कामको राम्रो मूल्यांकन हुनेछ । साझेदारीमा पनि फाइदा हुनेछ । उपहारका रूपमा बिग्रेको वस्तु हात लाग्न सक्छ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ तर पेट सम्बन्धी समस्या हुन सक्छ । नयाँ काम सुरु गर्न केही समय पर्खनु उपयुक्त हुनेछ । सामाजिक दायित्व बढ्नेछ।
मकर- अध्ययनमा मन नलागे पनि आत्मविश्वास बढ्नेछ । रोकिएका कामहरू बिस्तारै पूरा हुनेछन् र नयाँ अवसरहरू पनि प्राप्त हुनेछन् । बोलीको प्रभाव र कार्य क्षमता बढ्नेछ। तर अनावश्यक विवादमा पर्न सकिने सम्भावना छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ र प्रतिष्ठा बढ्नेछ ।
कुम्भ- होसियारीपूर्वक काम गर्नुपर्ने समय छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । सानो प्रयासले पनि राम्रो फाइदा मिल्नेछ । कृषि कर्म र व्यापारमा राम्रो लाभ हुनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि सफलता प्राप्त हुनेछ । मेहनतले कीर्ति दिलाउनेछ।
मीन- नयाँ कामको प्रस्ताव आएपनि हिम्मत गर्न नसक्दा पछि परिने सम्भावना छ । स्वादिष्ट भोजनमा मन रमाउनेछ । दीर्घकालीन लाभ हुने काम सुरु गर्ने समय छ। तार्किक क्षमताले मान सम्मान दिलाउनेछ । भाग्यले अपेक्षाभन्दा बढी फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्दै जानेछन् र आम्दानी बढ्नेछ।
समाज
थप सामाग्री-
फेक रेस्क्यु काण्ड : सिआइबीद्वारा दोस्रो चरणको अनुसन्धान सुरु, आरोपितको सम्पत्तिमाथि कडाइ
-
मालपोत कार्यालयको नाम परिवर्तन गरी ‘भूमि प्रशासन कार्यालय’ कायम
-
वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्ने सरकारको सिफारिस
-
एआईजी शाहद्वारा महिला गोल्ड कप विजेता टोलीलाई बधाई
-
बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक बिदा
पशुपति गौशाला धर्मशाला खाली गराउने बाटो खुल्यो, अदालतबाट कोषको पक्षमा फैसला
२२ घण्टा अगाडि
1.5kViews 386 Shares Share on Facebook Share on Twitter काठमाडौँ, वैशाख २२ गते । उच्च अदालत पाटनले पशुपति क्षेत्रको महत्वपूर्ण…



