

एसइईपछि भविष्यको बाटो देखाउँदै महावै गाउँपालिका, विद्यार्थीलाई शैक्षिक परामर्श
कालीकोट । एसइई परीक्षा सकेर भविष्यको बाटो खोजिरहेका विद्यार्थीलाई लक्षित गर्दै महावै गाउँपालिकाले प्रभावकारी शैक्षिक परामर्श कार्यक्रम सञ्चालन गरेको छ । विद्यार्थीलाई सही मार्गदर्शन गर्दै उनीहरूको रुचि, क्षमता र लक्ष्यअनुसार अगाडि बढ्न प्रेरित गर्ने उद्देश्यले परामर्श दिइएको गाउँपालिकाले जनाएको छ।
कार्यक्रममा एसइई दिएका विद्यार्थी, अभिभावक, शिक्षक तथा सरोकारवाला सबैलाई एकै स्थानमा राखी अन्तरक्रियात्मक ढंगले परामर्श प्रदान गरिएको थियो। गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बालबालिकालाई समयमै उचित मार्गदर्शन गर्न सके उनीहरूले सही निर्णय लिन सक्ने विश्वास व्यक्त गरे।
“विद्यार्थी, शिक्षक, अभिभावक र सरोकारवालाबीच अनुभव आदानप्रदान हुनु अत्यन्तै महत्वपूर्ण छ,” उनले भने, “यसले बालबालिकाको भविष्य निर्धारणमा सकारात्मक भूमिका खेल्छ।”
मनोविमर्शकर्ता खडानन्द चौलागाईका अनुसार कार्यक्रममा विद्यार्थीको रुचि, चाहना, क्षमता र भविष्यको लक्ष्यलाई केन्द्रमा राखेर विभिन्न शैक्षिक विकल्पबारे विस्तृत छलफल गरिएको थियो।
गाउँपालिकाको यो पहलले ग्रामीण क्षेत्रका विद्यार्थीलाई स्पष्ट लक्ष्य निर्धारण गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ।
समाज
थप सामाग्री-
सशस्त्र प्रहरीमा नयाँ नेतृत्व चयनको तयारी तीव्र, आईजीपी दौडमा तीन एआइजीबीच प्रतिस्पर्धा
-
फेक रेस्क्यु ठगी प्रकरणः अनुसन्धानमै चलखेल, दोषी उन्मुक्ति र राज्य संयन्त्रमाथि गम्भीर प्रश्न
-
फेक रेस्क्यु काण्ड: प्रभावशाली सञ्जालले न्यायलाई बन्धक बनायो
-
आज वैशाख ०६ गते आइतबार,यस्तो छ तपाईको राशिफल
-
पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक श्रमदानबाट मर्मत
इन्धन मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईँको चेतावनी
१७ घण्टा अगाडि
1.6kViews 377 Shares Share on Facebook Share on Twitter काठमाडौं । मेडिकल व्यवसायी ले सरकारले सर्वसाधारण नागरिकमाथि ‘लुटपाट मच्चाएको’ आरोप…



