

एसएसपी को उपस्थितिमा सिनामंगलमा शान्ति सुरक्षा अन्तरक्रिया सम्पन्न
काठमाडौं । जिल्लाको शान्ति सुरक्षा अवस्था मजबुत बनाउन स्थानीय तहसँगको सहकार्य अपरिहार्य रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले बताएका छन्।
उनकै प्रमुख आतिथ्यमा काठमाडौं महानगरपालिका–९, सिनामंगलस्थित पञ्जकुमारी मन्दिरको प्राङ्गणमा “शान्ति सुरक्षा विषयक अन्तरक्रिया कार्यक्रम” भव्य रूपमा सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै एसएसपी थापाले अपराध नियन्त्रण र न्यूनिकरणमा प्रहरी मात्र पर्याप्त नहुने स्पष्ट पारे। उनले सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवाको सक्रिय भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै यस्ता संयन्त्रहरूले नागरिक–प्रहरी सम्बन्ध अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे।
“सुरक्षा कायम गर्न समुदायको सहभागिता अत्यन्त महत्वपूर्ण हुन्छ,” उनले भने, “यसले प्रहरी संगठनमा सुधार ल्याउनुका साथै जनविश्वास पनि मजबुत बनाउँछ।”
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सामाजिक अगुवा, सामुदायिक प्रहरी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले आफ्नो क्षेत्रका सुरक्षा चुनौतीहरूबारे धारणा राख्दै समाधानका उपायबारे सुझाव समेत दिएका थिए।
यस प्रकारका अन्तरक्रियात्मक कार्यक्रमले स्थानीय स्तरमा सहकार्य, विश्वास र समन्वय बढाउँदै शान्ति सुरक्षालाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री-
एसएसपी को उपस्थितिमा सिनामंगलमा शान्ति सुरक्षा अन्तरक्रिया सम्पन्न
-
सर्लाहीमा प्रहरी सक्रियता बढ्दो : एक महिनामा १३२ अपराध दर्ता, ९६ पक्राउ
-
आठ रात नौ दिन मनाइने बिस्केट जात्रा सम्पन्न
-
ललितपुरमा आज रातो मच्छिन्द्रनाथको रथारोहण, ऐतिहासिक जात्रा औपचारिक रूपमा सुरु
-
आज वैशाख ०५ गते शनिबार,यस्तो छ तपाईको राशिफल
कानुनभन्दा माथि कोही छैन: ट्राफिक अनुशासनमा उदाहरणीय कदम
१५ घण्टा अगाडि
2.8kViews 260 Shares Share on Facebook Share on Twitter सडक अनुशासन केवल सर्वसाधारणका लागि मात्र होइन, कानुन कार्यान्वयन गर्ने निकायका…



