

सर्लाहीमा प्रहरी सक्रियता बढ्दो : एक महिनामा १३२ अपराध दर्ता, ९६ पक्राउ
सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीले चालु आर्थिक वर्ष २०८२–०८३ को चैत महिनाको प्रगति विवरण सार्वजनिक गर्दै जिल्लामा अपराध नियन्त्रण र शान्ति सुरक्षामा उल्लेख्य सुधार भएको जनाएको छ। एक महिनाको अवधिमा १३२ वटा अपराध दर्ता हुँदा ९६ जना प्रतिवादी पक्राउ परेका छन्।
प्रहरीका अनुसार ज्यानसम्बन्धी, चोरी, सामाजिक तथा सवारी ज्यानसँग सम्बन्धित विभिन्न मुद्दा दर्ता भएका छन् भने बैंकिङ कसुर, जुवातास, ठगी तथा हातहतियारसम्बन्धी ३५ वटा गम्भीर प्रकृतिका मुद्दा दर्ता भएका छन्। अनुसन्धानलाई तीव्रता दिँदै १५ वटा पेण्डिङ मुद्दा पूर्ण रूपमा फर्छ्योट गरिएको छ।
फैसला कार्यान्वयनतर्फ ५ जना पक्राउ परेका छन्, जसबाट ८ वर्ष ४ महिना कैद सजाय कार्यान्वयन हुनुका साथै २० हजार रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ।
सामाजिक सुरक्षातर्फ महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी ६८ उजुरी परेकोमा २६–४० वर्ष उमेर समूहका पीडितको संख्या बढी देखिएको छ। हराएका ३२ जनामध्ये १६ जना फेला पारिनु सकारात्मक पक्ष भए पनि बाँकीको खोजी जारी रहेको छ। घरेलु हिंसाका ३६ उजुरीमध्ये २२ वटा मिलापत्रमार्फत समाधान गरिएको छ।
लागूऔषध नियन्त्रणमा प्रहरीको सक्रियता देखिएको छ। ३७३.९५० केजी गाँजासहित अन्य लागूऔषध बरामद गर्दै ८ जनालाई पक्राउ गरिएको छ।
तर, चैत महिनामा १८ जनाले ज्यान गुमाएको तथ्यांकले चिन्ता थपेको छ। विशेषगरी १६–२५ र २६–३५ वर्ष उमेर समूहमा यस्ता घटना बढी देखिएको प्रहरीले जनाएको छ।
शान्ति सुरक्षा मजबुत बनाउन प्रहरीद्वारा व्यापक रूपमा गस्ती र चेकजाँच सञ्चालन गरिएको छ। एक महिनामा ९,२१० वटा ड्युटी परिचालन गर्दै १८,४२० जना जनशक्ति खटाइएको छ।
सवारी दुर्घटनातर्फ ९६ वटा दुर्घटना हुँदा ५ जनाको मृत्यु र १२९ जना घाइते भएका छन्। दुर्घटनाको मुख्य कारण चालकको लापरबाही रहेको प्रहरीको विश्लेषण छ। ट्राफिक कारबाहीमार्फत १३ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ।
त्यसैगरी, राजस्व चुहावट नियन्त्रणका क्रममा करिब ७ लाख ७७ हजार रुपैयाँ बराबरका सामान बरामद गरिएको छ भने ८० लिटर अवैध मदिरा नियन्त्रणमा लिइएको छ।
समग्रमा, प्रहरीको सक्रियतासँगै अपराध नियन्त्रणमा सुधार देखिए पनि ज्यान गुमाउने घटनाले थप सतर्कता आवश्यक रहेको देखिएको छ।
समाज
थप सामाग्री-
एसएसपी को उपस्थितिमा सिनामंगलमा शान्ति सुरक्षा अन्तरक्रिया सम्पन्न
-
सर्लाहीमा प्रहरी सक्रियता बढ्दो : एक महिनामा १३२ अपराध दर्ता, ९६ पक्राउ
-
आठ रात नौ दिन मनाइने बिस्केट जात्रा सम्पन्न
-
ललितपुरमा आज रातो मच्छिन्द्रनाथको रथारोहण, ऐतिहासिक जात्रा औपचारिक रूपमा सुरु
-
आज वैशाख ०५ गते शनिबार,यस्तो छ तपाईको राशिफल
कानुनभन्दा माथि कोही छैन: ट्राफिक अनुशासनमा उदाहरणीय कदम
१३ घण्टा अगाडि
2.7kViews 260 Shares Share on Facebook Share on Twitter सडक अनुशासन केवल सर्वसाधारणका लागि मात्र होइन, कानुन कार्यान्वयन गर्ने निकायका…



