

बर्दियामा एम्बुलेन्सको ठक्करबाट हृदयविदारक दुर्घटना: एकै परिवारका दुई जनाको मृत्यु, दुई घाइते
बर्दिया, गुलरिया — बर्दियामा भएको सवारी दुर्घटनामा एकै परिवारका दुई जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।
बाँकेको कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ (बी एए ०३०५) नम्बरको एम्बुलेन्सले आज बिहान गुलरिया नगरपालिका–७ स्थित वन डिभिजन कार्यालय नजिकै चार जना पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गुलरिया नगरपालिका–५ का ५५ वर्षीय भूमि लामिछाने र उनका अन्दाजी ७ वर्षीय नाति रिहान्स लामिछानेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले पुष्टि गरेको छ।
सोही दुर्घटनामा भूमि लामिछानेकी पत्नी ५० वर्षीया सीता लामिछाने र ६५ वर्षीय स्थानीय सूर्य उपाध्याय घाइते भएका छन्। घाइते दुवै जनाको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको छ।
प्रहरीका अनुसार बिहान योग अभ्यासका लागि हिँडेका उनीहरूलाई तीव्र गतिमा आएको एम्बुलेन्सले ठक्कर दिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
दुर्घटनामा ज्यान गुमाएका भूमि लामिछाने योग प्रशिक्षक (योग गुरु) रहेको स्थानीयहरूले बताएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
समाज
थप सामाग्री-
पच्चीस सय वर्ष पुरानो चण्डेश्वरी जात्रा: देवताको रक्षार्थ खुसीयालीको पर्व
-
यस्तो रहनेछ आजको मौसम
-
गृहमन्त्री गुरुङमाथि छानबिन माग्दै जेनजी मुभमेन्टको दबाब: पदबाट हटाउन सरकारसँग आग्रह
-
काठमाडौँमा सम्बन्धविच्छेदका मुद्दा बढ्दो: आधुनिकता, वैदेशिक रोजगारी र पारिवारिक तनाव मुख्य कारण
-
आज वैशाख ०७ गते सोमबार,यस्तो छ तपाईको राशिफल
कानुनभन्दा माथि कोही छैन
१४ घण्टा अगाडि
1.3kViews 461 Shares Share on Facebook Share on Twitter चैत २९ गते राति सार्वजनिक गरिएको गृहमन्त्रीको सम्पत्ति विवरणले नेपालको कानुनी…



