

अब धादिङका सेवाग्राहीको घरदैलोमा राहदानी पुर्याइने
धादिङ । जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीको घरदैलोमा नै राहदानी पुर्याउन सुरु गरेको छ । सरकारले सुरु गरेको घरदैलोमै राहदानी वितरण सेवाअनुरूप जिल्ला प्रशासन कार्यालयले जिल्ला हुलाक कार्यालयमार्फत सेवाग्राहीको घरदैलोमा राहदानी पुर्याउने कामको थालनी गरेको हो ।
जिल्ला हुलाक कार्यालय र जिल्ला प्रशासन कार्यालयबिच सेवाग्राहीको घरदैलोमा राहदानी पुर्याउने समझदारी पत्रमा हस्ताक्षर गरेसँगै सेवा सुरु भएको प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले बताए । बजार क्षेत्रमा सोही दिन र सदरमुकाम रहेको नगरपालिकाभित्र तीन दिनभित्र र अन्य स्थानमा डाँक सेवामार्फत नागरिकको घरदैलोमा राहदानी पुर्याउने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।वैशाख ७ गतेपछि आवेदन दिएका सबै राहदानी सेवाग्राहीहरूको चाहना र आवश्यकताअनुसार घरघरमा पुर्याइनेछ । “राहदानीका लागि आवेदन दिने क्रममा सेवाग्राहीसँग आफ्नो पालिकाभित्र राहदानी बुझ्ने ठेगाना र सम्पर्क नम्बर जिल्ला प्रशासन कार्यालयले लिइराख्ने र राहदानी बनेर आएपछि त्यही ठेगानामा राहदानी पुर्याइनेछ”, प्रमुख जिल्ला अधिकारी सुवेदीले भने ।यस सेवाले जिल्लाका विकट क्षेत्रहरूबाट पासपोर्ट लिन सदरमुकामसम्म आउनुपर्ने बाध्यता हट्नेछ । राहदानी बनाउन बायोमेट्रिकका लागि सेवाग्राही प्रशासन कार्यालय आउनै पर्ने भए पनि, राहदानी तयार भइसकेपछि भने घरमै पुर्याउँदा उनीहरूको समय र खर्च बचत हुन्छ । अहिले तत्कालका लागि स्थायी ठेगाना र जिल्ला प्रशासनबाट लिने व्यवस्था छ ।जिल्लाको सदरमुकाममा सोही दिन, नीलकण्ठ नगरपालिकामा तीन दिन र अन्य स्थानीय तहहरूमा डाँक ढुवानी तालिकाबमोजिम पालिका हुलाक कार्यालयमा पुर्याई सक्दो चाँडो सेवाग्राहीको हातमा पार्ने जिल्ला हुलाक कार्यालयका हुलाक अधिकृत नारायणप्रसाद पोखरेलले बनाउनुभयो । यो व्यवस्था लागू भएसँगै सेवाग्राहीले सदरमुकाम धाउनुपर्ने, लामो लाइन बस्नुपर्ने, बिचौलियामा निर्भर हुनुपर्ने तथा पटक–पटक कार्यालय धाउनुपर्ने बाध्यता हट्ने विश्वास लिइएको छ ।
समाज
थप सामाग्री-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
-
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
-
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
१ दिन अगाडि
1.5kViews 138 Shares Share on Facebook Share on Twitter ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको सबैभन्दा…



