

सुदूरपश्चिममा आपराधिक समूह सक्रिय नरहेको प्रहरी दाबी, भुइँतहमा भने त्रास कायम
धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले प्रदेशमा विगतजस्तो आपराधिक समूह सक्रिय नरहेको दाबी गरेको छ। प्रहरीका अनुसार अहिले कुनै पनि सङ्गठित अपराधी समूह खुलेर गतिविधि गरिरहेको अवस्था छैन।
तर सर्वसाधारण र स्थानीय स्रोतहरूले भने प्रदेशमा अझै पनि अन्डरग्राउन्ड ग्याङहरूको प्रभाव र त्रास कायम रहेको बताएका छन्। विशेषगरी कैलाली र कञ्चनपुरमा जेलभित्रैबाट समेत अपराधी गतिविधि सञ्चालन हुने गरेको आरोप छ।
चार आपराधिक समूहको चर्चा
कैलालीमा विगतदेखि नै नन्दु सरकार, जयन्द्र समूह, कोब्रा सरकार र इगल ग्याङ जस्ता समूहको चर्चा हुने गरेको छ। यी समूहहरूले विगतमा कारागारभित्र समेत प्रभाव जमाएको बताइन्छ।
हाल कैलाली कारागारमा यस्ता समूहबीच सम्पर्क रोक्न सरुवा लगायतका व्यवस्थामा कडाइ गरिएको प्रहरीको भनाइ छ। यसअघि दक्षिणी–पूर्वी कैलाली क्षेत्रलाई अपराध गतिविधिको केन्द्र (हब)का रूपमा समेत लिइन्थ्यो, जहाँ पछिल्ला समय हत्या र हिंसाका घटना घटेको प्रहरीको दाबी छ।
पहाडी जिल्लामा साना ग्याङ सक्रिय
प्रदेशका पहाडी जिल्लाहरूमा भने राजनीतिक आड र व्यक्तिगत रिसइबीका कारण साना–साना समूह सक्रिय रहेको स्रोतहरूको दाबी छ। कतिपय अवस्थामा विभिन्न राजनीतिक तथा वैचारिक समूहका नाममा धम्की दिने र चन्दा असुल्ने गतिविधि भइरहेको आरोप पनि छ।
प्रहरीको दाबी: स्थिति नियन्त्रणमा
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमबहादुर विष्टले भने आपराधिक समूहहरूलाई सक्रिय हुन नदिएको दाबी गरेका छन्।
“अहिले त्यस्तो सक्रिय रूपमा कोही पनि छैनन्। हामीले उनीहरूलाई सक्रिय हुन दिएका छैनौँ र दिने पनि छैनौँ,” उनले भने।
उनका अनुसार अहिले प्रहरीलाई काम गर्न विगतको तुलनामा सहज भएको छ। राजनीतिक दबाब घटेको र स्वतन्त्र रूपमा काम गर्ने वातावरण बनेको उनको भनाइ छ।
“अहिले नेताबाट अपराधी छुटाउन फोन आउने अवस्था छैन। हामीलाई स्वतन्त्र भएर काम गर्न भनिएको छ,” उनले थपे। अपराधीभन्दा प्रहरी धेरै शक्तिशाली रहेको भन्दै कसैलाई पनि उन्मुक्ति नदिइने उनले स्पष्ट पारे।
भुइँतहमा भने संशय
प्रहरीले अवस्था शान्त रहेको दाबी गरे पनि भुइँतहमा भने आपराधिक सञ्जाल अझै सक्रिय हुन सक्ने आशंका स्थानीयमा कायम छ। जेलभित्रबाट समेत आदेश आउने गरेको भन्ने आरोपले जनस्तरमा त्रास पूर्ण रूपमा हटिसकेको छैन।
प्रहरीले भने नयाँ रणनीति र कडाइका साथ यस्ता गतिविधि नियन्त्रणमा लिने बताउँदै आएको छ।
समाज
थप सामाग्री-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
-
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
-
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
१ दिन अगाडि
1.5kViews 138 Shares Share on Facebook Share on Twitter ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको सबैभन्दा…



