

मधेश प्रदेशमा पाठ्यपुस्तक ढुवानी आधा मात्र सम्पन्न, देशभर वितरण लगभग पूरा
नयाँ शैक्षिक सत्र सुरु भएसँगै देशभरका अधिकांश जिल्लामा कक्षा १ देखि १० सम्मका पाठ्यपुस्तक पुगिसकेका छन्। जनक शिक्षा सामग्री केन्द्रले यस वर्ष समयमै ढुवानी अभियान सञ्चालन गरे पनि मधेश प्रदेशमा भने अपेक्षित मात्रामा पुस्तक पुग्न नसकेको देखिएको छ।
केन्द्रका अनुसार मधेशबाहेक ६ प्रदेशमा पाठ्यपुस्तक ढुवानी कार्य लगभग सम्पन्न भइसकेको छ। हालसम्म देशभर कुल १ करोड २९ लाख ४६ हजार थान पाठ्यपुस्तक वितरण भइसकेका छन्।
तर मधेश प्रदेशमा आवश्यक १६ लाख ७० हजार ७४१ थान पुस्तकमध्ये हालसम्म करिब १० लाख थान मात्र पुगेको जनक शिक्षा सामग्री केन्द्रका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए। उनका अनुसार केन्द्रले पुस्तक पठाइसके पनि सबै विद्यालयले समयमै लैजान नसक्दा वितरणमा ढिलाइ देखिएको हो।
“हामीले पुस्तक पठाएका छौं, तर कतिपय विद्यालयले अझै लैजानु भएको छैन,” प्रवक्ता कुँवरले भने, “भर्ना अभियान ढिलो सुरु भएकाले केही सुस्तता देखिएको हो, केन्द्रबाट वितरणमा समस्या छैन।”
त्यस्तै, कोशी प्रदेशका झापा र विराटनगरका केही क्षेत्रमा पनि पुस्तक पुग्न बाँकी रहेको केन्द्रले जनाएको छ।
सरकारले यस वर्ष वैशाख १५ देखि भर्ना अभियान र वैशाख २१ देखि नियमित पठनपाठन सुरु गर्ने निर्देशन दिएको छ।
जनक शिक्षा सामग्री केन्द्रले हरेक वर्ष करिब १ करोड ७० लाख थान पुस्तक छाप्ने गरेको छ भने औसतमा ५० लाख थान पुस्तक मौज्दात रहने गरेको छ। सरकारले विद्यार्थीलाई निःशुल्क उपलब्ध गराइने पाठ्यपुस्तकका लागि वार्षिक करिब १ अर्ब ५० करोड रुपैयाँ खर्च गर्दै आएको छ।
पुस्तक वितरण प्रक्रिया अनुसार स्थानीय तहले विद्यालयलाई रकम उपलब्ध गराउँछन् र विद्यालयले केन्द्रको खातामा रकम जम्मा गरेपछि मात्र पाठ्यपुस्तक प्राप्त गर्ने व्यवस्था रहेको छ।
यस वर्ष केन्द्रले चैत १६ देखि वैशाख १५ सम्मलाई पाठ्यपुस्तक वितरण अभियानका रूपमा सञ्चालन गरेको थियो।
समाज
थप सामाग्री-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
-
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
-
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
१ दिन अगाडि
1.6kViews 160 Shares Share on Facebook Share on Twitter काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) को प्रमुख आतिथ्यमा प्रहरी वृत्त बानेश्वरको…



