

झापामा विद्यार्थी बोकेको बस दुर्घटना : १३ जना घाइते, चालक फरार
झापा । झापाको कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन्।
विद्यार्थी ओसारिरहेको विद्यापानी माध्यमिक विद्यालयको प्र१–०१–००१ ख ४४८२ नम्बरको बस दुर्घटनामा परेको हो। दुर्गाभिट्टाबाट आमबारीतर्फ जाँदै गरेको उक्त बसले प्र१–०१–०१३ प ३४८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा अनियन्त्रित भई सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
दुर्घटनाका बेला बसमा सवार १८ जनामध्ये १३ विद्यार्थी घाइते भएका छन्। घाइतेमध्ये ११ जनालाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन सामुदायिक अस्पतालमा भर्ना गरिएको प्रहरीले जानकारी दिएको छ।
मोटरसाइकल चालक कचनकबल–३ निवासी ५२ वर्षीय ओमप्रसाद तिम्सिनाको मुख, टाउको र खुट्टामा चोट लागेको छ।
दुर्घटनापछि बस चालक फरार रहेका छन् भने प्रहरीले उनको खोजी कार्य तीव्र पारेको जनाएको छ।
समाज
थप सामाग्री-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
-
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
-
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
१ दिन अगाडि
1.5kViews 138 Shares Share on Facebook Share on Twitter ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको सबैभन्दा…



