

एआई दुरुपयोग बढ्दै, भ्रामक सामग्रीप्रति नेपाल प्रहरीको चेतावनी
काठमाडौं । सामाजिक सञ्जालमा कृत्रिम बौद्धिकता (एआई) को दुरुपयोग बढ्दै गएकोप्रति नेपाल प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पछिल्लो समय एआई प्रयोग गरी नेपाल प्रहरीको लोगो, पोसाक तथा दर्ज्यानी चिन्हहरू तोडमोड गरेर भ्रामक सामग्री तयार गर्ने र प्रसारण गर्ने क्रम बढेको प्रहरीले बताएको हो।
प्रहरीका अनुसार यस्ता सामग्रीले समाजमा भ्रम सिर्जना गर्नुका साथै अफवाह फैलाउने जोखिम बढाएको छ। यसप्रति सचेत रहन आम नागरिक तथा विशेषगरी कन्टेन्ट क्रिएटरहरूलाई प्रहरीले आग्रह गरेको छ।
नेपाल प्रहरीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत जारी गरेको सन्देशमा भनिएको छ, “सुरक्षाजस्तो संवेदनशील विषयमा आम नागरिकलाई सुसूचित गराउनु साझा जिम्मेवारी भए पनि एआईको दुरुपयोग गरेर संस्थाका प्रतीक चिह्न तथा पोसाकसम्बन्धी गम्भीर विषयलाई तोडमोड गरी प्रकाशित तथा प्रसारित हुने ‘कन्टेन्ट’ले समाजमा भ्रम तथा अफवाह फैलाउने सम्भावना रहने भएकाले सजग रहन अनुरोध गर्दछौँ।”
प्रहरीले कन्टेन्ट क्रिएटरहरूलाई सामग्री तयार गर्दा वास्तविकता र विश्वसनीयतामा विशेष ध्यान दिन पनि आग्रह गरेको छ। साथै सुरक्षा निकायका लोगो, पोसाक तथा अन्य चिन्हहरूको प्रयोग आधिकारिक मापदण्डअनुसार मात्र गर्नुपर्ने स्पष्ट पारेको छ।
यस्तै, भ्रामक सामग्री उत्पादन तथा प्रसारण गरिएको पाइएमा प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनीसमेत प्रहरीले दिएको छ।
समाज
थप सामाग्री-
झापामा विद्यार्थी बोकेको बस दुर्घटना : १३ जना घाइते, चालक फरार
-
उपत्यकामा ट्राफिकको कडा ‘एक्सन’ : दैनिक सयौँ कारबाही, राजस्वभन्दा सचेतनामा जोड
-
आईजीपी को प्रमुख आतिथ्यमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न
-
द्वन्द्वकालीन गम्भीर अपराधमा कारबाहीको बाटो खुला, सर्वोच्चको परमादेश
-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
५ घण्टा अगाडि
2.3kViews 316 Shares Share on Facebook Share on Twitter काठमाडौं । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार…



