

सल्यान प्रहरी कार्यालय परिसरमा ८६ वटा बम बरामद, सेनाको बम डिस्पोजल टोली परिचालन
सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यानको परिसरभित्र ठूलो संख्यामा बम बरामद भएको छ।
प्रहरी कार्यालयको नयाँ भवन निर्माणका लागि जग खन्ने क्रममा जमिनमुनि लुकाइएका ८६ वटा बम फेला परेको हो। शारदा नगरपालिका–३ स्थित उक्त क्षेत्रमा प्रारम्भमा शंकास्पद वस्तु देखिएपछि बुधबारदेखि उत्खनन सुरु गरिएको थियो।
उत्खननका क्रममा शनिबार बिहान ११:२० बजेसम्म कुल ८६ वटा बम फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। बरामद गरिएका बममध्ये ८२ वटा सकेट बम, ३ वटा सुतली बम र १ वटा बोतल बम रहेका छन्।
यसै क्रममा ७ थान रेडियो वेभ उपकरण, करिब ५०० ग्राम विस्फोटक पदार्थ, झण्डै २ केजी बम बनाउन प्रयोग हुने सामग्री तथा १० मिटर फायरिङ केबल समेत बरामद भएको प्रहरीले जनाएको छ।
घटनापछि जिल्ला प्रहरी कार्यालय सल्यानमा उच्च सतर्कता अपनाइएको छ। प्रारम्भिक अनुसन्धानपछि नेपाली सेनासँग समन्वय गरी थप जनशक्ति परिचालन गरिएको छ।
दाङस्थित नं. १९ बाहिनीबाट बम डिस्पोजल टोली बोलाइएको छ भने शनिबार बिहानदेखि विभिन्न गणका इन्जिनियर टोली घटनास्थलमा खटिएका छन्। उनीहरूले फेला परेका बमहरूलाई सुरक्षित रूपमा निष्क्रिय पार्ने तयारी गरिरहेका छन्।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
समाज
थप सामाग्री-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
-
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
-
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
१ दिन अगाडि
1.5kViews 138 Shares Share on Facebook Share on Twitter ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको सबैभन्दा…



