

बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक बिदा
मकवानपुर । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसका अवसरमा उक्त दिन प्रदेशभर बिदा दिइने भएको हो।
गत चैत २३ गते प्रकाशित सूचनाअनुसार वैशाख २४ गते बिहीबार प्रदेशभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा शैक्षिक संस्थाहरू बन्द रहनेछन्। बागमती प्रदेश सरकारले सरकारी कामकाजको भाषा सम्बन्धी ऐन कार्यान्वयनमा आएको दिनलाई स्मरण गर्दै हरेक वर्ष वैशाख २४ गते ‘भाषा दिवस’ मनाउँदै आएको छ।
प्रदेश सरकारले भाषाको संरक्षण, प्रवर्द्धन र प्रयोगलाई संस्थागत गर्दै लैजाने उद्देश्यका साथ उक्त दिवसलाई विशेष महत्व दिँदै सार्वजनिक बिदा दिने परम्परा कायम राखेको जनाएको छ।
समाज
थप सामाग्री-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
-
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
-
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
१ दिन अगाडि
1.5kViews 138 Shares Share on Facebook Share on Twitter ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको सबैभन्दा…



