

रुपन्देहीमा ‘अपरेशन डेल्टा’ : लागूऔषध सेवन गरेर सवारी चलाउने १७ चालक पक्राउ
काठमाडौं । रुपन्देहीमा सार्वजनिक सवारी चालकले लागूऔषध सेवन गरेर सवारी चलाएको पाइएपछि प्रहरीले विशेष अभियान सञ्चालन गर्दै १७ जना चालकलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नेतृत्वमा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा, जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही तथा नेपाल लुम्बिनी प्रादेशिक प्रहरी अस्पताल नेपालगञ्जबाट खटिएको प्राविधिक चिकित्सकसहितको टोलीले आइतबार “अपरेशन डेल्टा” सञ्चालन गरेको हो ।
प्रहरीका अनुसार सिद्धार्थ राजमार्ग लगायत विभिन्न व्यस्त सडकखण्डमा आकस्मिक चेकपोइन्ट स्थापना गरी सार्वजनिक सवारी साधनका चालकहरूको युरिन परीक्षण गरिएको थियो । साँझ ४ बजेदेखि ६ बजेसम्म सञ्चालन गरिएको अभियानमा १०० जना चालकको परीक्षण गर्दा १७ जनामा लागूऔषध सेवन गरेको पुष्टि भएको प्रहरीले जनाएको छ ।
लागूऔषध सेवन गरेर सवारी चलाउँदा सम्भावित दुर्घटना र धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ । परीक्षणमा पोजेटिभ देखिएका चालकहरूलाई लागूऔषध नियन्त्रण ऐन, २०३३ अनुसार नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ ।

समाज
थप सामाग्री-
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
-
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
१ दिन अगाडि
2.4kViews 99 Shares Share on Facebook Share on Twitter मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको…



