यौनजन्य हिंसा र बालबालिकाविरुद्धका अपराधसम्बन्धी कानून संशोधनको तयारी तीव्र

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमको नेतृत्वमा यौनजन्य हिंसा तथा बालबालिकाविरुद्धका जघन्य अपराधसम्बन्धी कानून संशोधनको तयारी अघि बढाइएको छ ।

यसका लागि गठित अध्ययन कार्यदलले तयार पारेको प्रतिवेदनका आधारमा आवश्यक संशोधन प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

सरकारले आगामी संसद अधिवेशनमै सम्बन्धित विधेयक पेस गर्ने तयारी गरेको छ । संशोधनपछि यस्ता अपराध नियन्त्रण र कानूनी कारबाहीलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

Facebook Comments Box
TOP
284 Shares