विश्वकप २०२६ : उज्बेकिस्तानलाई हराउँदै कोलम्बियाको विजयी सुरुवात

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत कोलम्बियाले विजयी सुरुवात गरेको छ। मेक्सिको सिटी स्टेडियममा सम्पन्न खेलमा कोलम्बियाले उज्बेकिस्तानलाई ३–१ गोल अन्तरले पराजित गर्दै समूह ‘के’ मा महत्वपूर्ण तीन अंक जोडेको हो।

खेलको ४०औँ मिनेटमा ड्यानियल मुन्योसले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए। पहिलो हाफ १–० ले सकिएको खेलमा उज्बेकिस्तानले दोस्रो हाफको ६०औँ मिनेटमा अब्बोसबेक फैजुल्लाएभको गोलमार्फत बराबरी गरेको थियो।

तर उज्बेकिस्तानको बराबरी धेरै समय टिक्न सकेन। खेलको ६५औँ मिनेटमा लुइस डियाजले गोल गर्दै कोलम्बियालाई पुनः अग्रता दिलाए।

उज्बेकिस्तानले दोस्रो हाफमा दबाब सिर्जना गरे पनि थप गोल गर्न सकेन। इन्जुरी समयको नवौँ मिनेटमा जामिन्टन क्याम्पाजले गोल थपेपछि कोलम्बियाले ३–१ को जित सुनिश्चित गर्‍यो।

यस जितसँगै कोलम्बियाले समूह ‘के’ मा महत्वपूर्ण तीन अंक जोडेको छ। यसै समूहको अर्को खेलमा पोर्चुगल र कङ्गोले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।

Facebook Comments Box
TOP
154 Shares