आज पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौं । पूर्व र मध्य नेपालका केही स्थानमा गए राति तथा आज बिहान हल्कादेखि मध्यम वर्षा भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशको तराई, मधेश प्रदेश तथा अन्य प्रदेशका पहाडी र हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। यता मध्य र पश्चिम तराई क्षेत्रमा भने गर्मी बढ्ने अनुमान गरिएको छ।

महाशाखाका अनुसार आज र भोलि लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थान, साथै बागमती र गण्डकी प्रदेशका तराई भेगका थोरै स्थानमा तातो दिन हुने सम्भावना छ।

आज कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थान र बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका हिमाली–पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जनसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै कोशी र मधेश प्रदेशका तराई क्षेत्रमा पनि मेघ गर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

Facebook Comments Box
TOP
196 Shares