

मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालयमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोबिन्द थपलियाको आठ महिने कार्यकाल सम्पन्न भएसँगै उनले थालेका सुधार अभियान र त्यसको प्रभावबारे विभिन्न तहमा चर्चा भइरहेको छ।
डीआईजी थपलियाको कार्यकालका सम्बन्धमा प्रहरी संगठनभित्र र बाहिरबाट विभिन्न धारणा सार्वजनिक भइरहेका बेला कतिपय पक्षले प्रहरी महानिरीक्षकलाई समेत अनावश्यक तथा झुट्टा आरोप लगाएर संगठनलाई नै बदनाम गर्न खोजिएको टिप्पणी गरेका छन्।
सुधार अभियानका पक्षधरहरूका अनुसार आठ महिनाको अवधिमा मधेश प्रदेश प्रहरीमा थालनी गरिएका सुधारका कामको निरन्तरता कायम रहन सके आगामी दिनमा प्रहरी प्रशासनमा आमूल परिवर्तन भई नागरिकले थप प्रभावकारी रूपमा न्याय पाउने अपेक्षा गरिएको छ। उनीहरूका अनुसार प्रदेश प्रहरी प्रशासनमा गोबिन्द थपलियाले थालेका आन्तरिक शुद्धीकरण तथा सुधारका कार्यक्रमलाई आगामी नेतृत्वले पनि निरन्तरता दिनुपर्ने चुनौती रहेको छ।
नयाँ सरकार गठनपछिको अवधिमा मधेश प्रदेशमा सुधार अभियानलाई तीव्रता दिँदै डीआईजी थपलियाले वर्षौंदेखि जरा गाडेर बसेका भनिएका घुमुवा प्रहरी हटाउनेदेखि बिचौलियाको प्रभाव नियन्त्रणसम्मका विषयमा साहसिक कदम चालेको दाबी गरिएको छ। मधेश प्रदेशमा कार्यभार सम्हालेदेखि नै उनले घुमुवा प्रहरी हटाउने तथा प्रहरी कार्यालयका मुद्दा शाखामा हुने भनिएका अनियमितता नियन्त्रण गर्ने अभियान सञ्चालन गरेका थिए।
उक्त अभियानमार्फत समाजका सर्वसाधारण, निम्न वर्ग, पिछडिएका समुदाय तथा पीडित नागरिकलाई न्याय दिलाउने उद्देश्य राखिएको बताइन्छ। उनका समर्थकहरूका अनुसार यस अभियानका कारण वर्षौंदेखि आर्थिक लाभ लिँदै प्रभाव कायम राखेका केही प्रहरी कर्मचारी असन्तुष्ट बनेका थिए।
यस्ता कर्मचारीहरूले बिचौलियासँग मिलेर डीआईजी थपलियामाथि घुमुवा प्रहरी राखेको आरोप लगाएको तथा व्यापारीसँग साँठगाँठ गरी बनावटी अडियो तयार गरेर विवादमा तान्ने प्रयास गरेको दाबी पनि गरिएको छ। यद्यपि, “नबिराउनु नडराउनु” भन्ने मूल मन्त्रलाई आत्मसात् गरेका डीआईजी थपलियाले कुनै हरेस नखाई आफ्नो अभियानलाई निरन्तरता दिएको र अन्ततः सुधार अभियानमा सफलता हासिल गरेको समर्थकहरूको भनाइ छ।
यसैबीच, मधेश प्रदेशका केही पूर्व घुमुवा प्रहरीहरूले विभिन्न सञ्चारमाध्यममार्फत निरन्तर ‘मिडिया ट्रायल’ गरिरहेको आरोप समेत लगाइएको छ। सुधार अभियानको प्रभाव, त्यसको निरन्तरता तथा त्यससँग जोडिएका विवादहरू आगामी दिनमा पनि चर्चा र बहसको विषय बन्ने देखिएको छ।
समाज
थप सामाग्री-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
-
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
-
लगनखेलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न, भोटो जात्राको तयारी सुरु
-
दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न
-
डीआईजी ओमप्रसाद अधिकारीद्वारा मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हालियो
आज असार ४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
७ घण्टा अगाडि
1.9kViews 294 Shares Share on Facebook Share on Twitter मेष- अनावश्यक कार्यमा समय खर्च हुने सम्भावना छ। योजना अनुसार सफलता हात…



