

गगन थापा : ‘सम्पत्ति छानबिन सुशासन र विधिको शासनसँग जोडिएको विषय हो’
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सम्पत्ति छानबिनको विषय सुशासन र विधिको शासनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण मुद्दा भएको बताएका छन्।
‘सम्पत्ति छानबिन, सुशासनको सवाल र विधिको बहस’ कार्यक्रममा बोल्दै थापाले सुशासन नै पछिल्लो निर्वाचनको प्रमुख मुद्दामध्ये एक रहेको उल्लेख गरे। उनले आफ्नो पार्टीभित्र पनि लामो समयदेखि सुशासनको विषय उठाउँदै आएको र यसलाई स्थापित गर्न संघर्ष गर्दै आएको बताए।
थापाले नेपालमा भ्रष्टाचार पुरानो समस्या भए पनि पछिल्ला समय थप बढ्दै गएको दाबी गर्दै भ्रष्टाचारकै कारण मुलुकले अपेक्षित विकास हासिल गर्न नसकेको बताए।
उनले राजनीतिक दलसँग सम्बन्धित व्यक्ति सार्वजनिक पदमा पुगेपछि अख्तियारको दुरुपयोग गरी अवैध सम्पत्ति आर्जन गर्ने र त्यसलाई वैध बनाउने प्रवृत्तिबारे नागरिकस्तरमा प्रश्न उठ्ने गरेको उल्लेख गरे।
भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्थापना भए पनि कानुनी सीमितता र नियुक्ति प्रक्रियामा देखिने स्वार्थका द्वन्द्वका कारण यसको प्रभावकारितामाथि बहस हुने गरेको उनको भनाइ थियो।
समाज
थप सामाग्री-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
-
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
-
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
१ दिन अगाडि
1.5kViews 138 Shares Share on Facebook Share on Twitter ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको सबैभन्दा…



