

कचहरी नाटक कार्यशाला सम्पन्न
२०८३ असार ४ गते
मण्डल थियटर नेपालको आयोजनामा फोरम थिएटर (कचहरी नाटक) कार्यशाला सम्पन्न भएको छ ।
बास नेपालको संयोजनमा सो कार्यशाला सम्पन्न भएको हो । सडक नाटक र सहभागीहरुको कलाको माध्यम स्थानीय तहमा स्वास्थ्य, लैङ्गिक समानता र सामाजिक समावेशीकरण प्रवद्र्धन गर्नका लागि कचहरी नाटक कार्यशाला गरिएको हो ।
जेष्ठ १४ गते देखि शुरु भएको कार्यशालाको समापन नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर ९ का वडाध्यक्ष गोबिन्द प्रसाद रेग्मीको प्रमुख आतिथ्यता, बास नेपालकी महासचिव कल्पना अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो ।
समापनमा बोल्दै प्रमुख अतिथी नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर ९ का वडाध्यक्ष गोबिन्द प्रसाद रेग्मीले स्थानीयहरुको क्षमता बिकासका लागि कचहरी नाटक सम्बन्धि तालिम प्रभावकारी रहेको बताए ।
कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले कचहरी नाटकको अवधारणा लगायतका बिषयमा बोलेका थिए । तालिमकी प्रशिक्षक शोभा थापा मगरले सञ्चालन गरेको कार्यक्रममा अर्का प्रशिक्षक उमेश सुनामले मन्तव्य व्यक्त गरेको थिए । तालिमका सहभागिहरु माधव कार्की, शोभा भण्डारी र जस्मिन शेषले प्रतिकृया मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका सरोज रिमाल लगायतको उपस्थिती रहेको थियो ।
१५ दिन सम्म सञ्चालन भएको तालिममा फोरम थियटरको सिद्धान्त, अभ्यास, सहभागि नाटकका बिधि, सामुदायिक सम्वाद, सामाजिक मुद्धाको सिर्जनात्मक बिश्लेषण तथा नाटक प्रकृयामा सहभागिता लगायतका बिषयमा प्रशिक्षण दिएका थिए । ३५ जना युवाहरुको सहभागिता रहेको सो तालिमका प्रशिक्षार्थीहरुले नेपालगञ्जका बिभिन्न ८ वटा स्थानमा सचेतनामुलक सडा नाटक प्रर्दशन गरेका थिए ।
नेपालगञ्ज थिएटर क्लब गठन, अध्यक्षमा कार्की
यसैगरी नेपालगञ्ज थियटर क्लब गठन भएको छ । माधव कार्कीको अध्यक्षतामा गठित क्लबको उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्षमा क्रमशः जस्मिन शेष, शोभा भण्डारी, संगिता बिक र शुद्ध चौधरी चयन भएका छन् । क्लबको सदस्यहरुमा क्रमशः सुस्नुमा ढपाली, मिना घर्ति मगर, प्रिया बढहि, रमिता शाह, दिपिका देवकोटा, दिनेश चौधरी, मनिषा चमार र आयुष भुजुवा रहेका छन् । क्लबले कचहरी नाटकको माध्यमबाट समाजमा सकारात्मक सन्देश फैलाउने उद्धेश्य लिएको छ ।
समाज
थप सामाग्री-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
-
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
-
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
१ दिन अगाडि
1.5kViews 138 Shares Share on Facebook Share on Twitter ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको सबैभन्दा…



