महिलाका लागि सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारी, पहिलो चरणमा २५ बस चलाइने

काठमाडौं । सरकारले महिलाको सुरक्षित र सहज सार्वजनिक आवागमन सुनिश्चित गर्ने उद्देश्यले सातवटै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालनको तयारी अघि बढाएको छ।

सरकारको १०० दिनको कार्ययोजनाअनुसार पहिलो चरणमा २५ वटा बस सञ्चालन गर्ने लक्ष्य राखिएको छ। जसअन्तर्गत काठमाडौं उपत्यकामा साझा यातायातसँगको सहकार्यमा कम्तीमा ७ वटा बसलाई ‘ब्लु बस’ का रूपमा सञ्चालन गर्ने तयारी गरिएको छ भने उपत्यका बाहिर सातै प्रदेशमा यातायात व्यवसायीसँग समन्वय गरी १८ वटा बस सञ्चालन गर्ने योजना छ।

सेवा सञ्चालनका लागि आवश्यक कार्यविधि, समय तालिका, लागत अनुमान र जिम्मेवारी निर्धारणसहितको प्रस्ताव तयार भइसकेको मन्त्रालयले जनाएको छ। काठमाडौं उपत्यकामा साझा यातायातसँग समन्वय गरी विभिन्न विकल्पमाथि छलफल भइरहेको छ।

सरकारले सार्वजनिक यातायातमा महिला तथा बालिकाको सुरक्षालाई प्राथमिकता दिँदै आगामी आर्थिक वर्षमा ब्लु बस सेवा विस्तारका लागि बजेट तथा कार्यक्रम प्रस्ताव गरेको जनाएको छ।

यसैबीच सार्वजनिक यातायातलाई सुरक्षित बनाउन सिसीटिभी र ड्यासक्याम जडानलाई समेत प्राथमिकता दिइएको छ। साझा यातायातका १११, महानगर यातायातका ४६ र पाँचपोखरी सुनौलो यातायातका ३ वटा बसमा सिसीटिभी तथा ड्यासक्याम जडान गरी सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ।

Facebook Comments Box
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
१ दिन अगाडि

1.6kViews 160 Shares Share on Facebook Share on Twitter काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) को प्रमुख आतिथ्यमा प्रहरी वृत्त बानेश्वरको…

TOP
393 Shares