

कफी व्यवसाय गर्नेलाई मुक्तिनाथ विकास बैंकले विनाधितो कर्जा दिने
कफी सम्बन्धी व्यवसाय सञ्चालन गर्न इच्छुक व्यक्तिहरूले कफी मेसिन खरिद गर्नको लागि मुक्तिनाथ विकास बैंकबाट विनाधितो कर्जा पाउने भएका छन् ।
कफी मेसिनको लागतमा ५० प्रतिशत ऋण रकम विनाधितो पाइने भएको हो ।कफी व्यवसाय सम्बन्धी तालिम दिई व्यवसायी बनाउँदै आएको काठमाडौँ पुतलीसडकमा रहेको कफी सोलुसन प्रालि र मुक्तिनाथ विकास बैंकबीच कफी व्यवसाय सञ्चालन गर्न चाहने व्यक्तिहरूलाई ब्यवसायीक कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको हो । सम्झौता अनुसार कफी सोलुसन प्रालिले कफी सम्बन्धी व्यवसाय सञ्चालन गर्न इच्छुक व्यक्तिहरूलाई छनौट गरी आवश्यक तालिमहरू दिई सक्षम बनाई सशुल्क कफी मेसिन उपलब्ध गराउने छ भने कफी मेसिनको लागतको ५० प्रतिशतसम्मको लागत बराबरको रकम व्यवसायीलाई विनाधितो ऋण स्वरुप मुक्तिनाथ विकास बैंकले उपलब्ध गराउनेछ । ऋण लिएर व्यवसाय सुरु गरी त्यही व्यवसायबाट आर्जन गरेको रकमले व्यवसायीले बैंकलाई मासिक रूपमा किस्ता तिर्न मिल्ने व्यवस्था गरेको छ । यो कार्यबाट साना वर्गका ब्यवसायीहरुको दैनिक जीविकोपार्जन हुनुको साथै स्वरोजगार सिर्जनामा सहयोग पुग्ने र भविष्यमा ठुला व्यवसायीको रूपमा रूपान्तरित भई उद्यमशीलता विकासका साथै अर्थतन्त्रमा नै सकारात्मक प्रभाव पार्न सक्ने अपेक्षा लिइएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलले बताए । कफी सोलुसन प्रालिका निर्देशक हरी रायमाझीले मुक्तिनाथ विकास बैंकले न्यून आय भएका वर्गका व्यक्तिहरूलाई प्राथमिकता दिई आय आर्जन वृद्धि गर्ने कार्यमा महत्त्वपूर्ण भूमिका खेलेको प्रति खुसी व्यक्त गरे ।
विगत डेढ दशकदेखि सहर तथा ग्रामीण क्षेत्रमा बैंकिङ सेवा प्रदान गर्दै आएको मुक्तिनाथ विकास बैंकले लघुवित्त कार्यक्रम मार्फत सहर तथा ग्रामीण भेगमा रहेका कम आय भएका महिला तथा उद्यमी व्यक्तिहरूलाई प्राथमिकतामा राखी घरघरमा कर्जा बचतको कारोबार गर्दै उद्यमशीलता विकासमा योगदान दिँदै आएको छ । यसै सन्दर्भमा कफीको गेडा छान्ने, पिँध्ने, प्याकिङ गर्ने, कफीजन्य पदार्थ उत्पादन गर्ने, बेकरी उत्पादनको क्रियाकलाप गर्ने,आयात सम्बन्धी क्रियाकलाप गर्ने र दैनिक जीविकोपार्जनमा कठिन भएका व्यक्तिहरूलाई कफी व्यवसाय सम्बन्धी तालिम दिई व्यवसायी बनाउँदै आएको काठमाडौँ पुतलीसडकमा अवस्थित कफी सोलुसन प्रालि र मुक्तिनाथ विकास बैंकबीच एक कार्यक्रम माझ कफी व्यवसाय सञ्चालन गर्न चाहने व्यक्तिहरूलाई ब्यवसायीक कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको हो ।
बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न सो बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ्ग, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग जस्ता सेवाहरू बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।
समाज
थप सामाग्री-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
-
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
-
लगनखेलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न, भोटो जात्राको तयारी सुरु
-
दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न
-
डीआईजी ओमप्रसाद अधिकारीद्वारा मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हालियो
आज असार ४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
७ घण्टा अगाडि
1.9kViews 294 Shares Share on Facebook Share on Twitter मेष- अनावश्यक कार्यमा समय खर्च हुने सम्भावना छ। योजना अनुसार सफलता हात…



