तास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

 काठमाडौं  फागुन ९ ।काठमाडौं महानगरपालिका-१२ टेकु ब्रहम टोलमा तास खेलिरहेको अवस्थामा ९ जनालाई नगद ३९ हजार ६ सय ६० रूपैयाँ, ५ सय भारतीय रूपैयाँ र १ बुक तास सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त टोलमा जुवतास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

काभ्रे, नमोबुद्ध नगरपालिका-२ खनालथोक बस्ने गोपाल कुईकेलको गोठ घरमा तास खेलिरहेको अवस्थामा ६ जनालाई नगद २ लाख ६० हजार ५ सय ३० रूपैयाँ र १८ बुक तास सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । उनको गोठ घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

Facebook Comments Box
प्रचण्डको सरकारमाथि कडा आरोप: निरंकुश शैलीतर्फ उन्मुख भएको दाबी
६ घण्टा अगाडि

1.7kViews 406 Shares Share on Facebook Share on Twitter सुर्खेत । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारमाथि निरंकुश…

TOP
Shares