

स्रोत नखुलेको नगद सहित पक्राउ
महोत्तरी फागुन १३ , मनरासिसवा नगरपालिका-२ कट्टी गाउँस्थित सडकबाट स्रोत नखुलेको नगद ९ लाख ५० हजार रूपैयाँ र १ थान मोबाइल सहित भारत सितामढी ग्रामपंचायत सिरसिया थाना बेला-१४ सिरसिया गाउँ बस्ने ३० वर्षीय दिपक कुमार चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३० एडि ८३४६ नम्बरको मोटरसाइकलाई प्रहरी चौकी इटहर्वाकट्टी र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक चौधरीलाई कम्मरको भागमा बाँधी लुकाई ल्याएको अवस्थामा उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीको लागि जलेश्वर भन्सार कार्यालय मलिवारा महोत्तरीमा पठाइएको छ ।
समाज
थप सामाग्री-
झापामा विद्यार्थी बोकेको बस दुर्घटना : १३ जना घाइते, चालक फरार
-
उपत्यकामा ट्राफिकको कडा ‘एक्सन’ : दैनिक सयौँ कारबाही, राजस्वभन्दा सचेतनामा जोड
-
आईजीपी को प्रमुख आतिथ्यमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न
-
द्वन्द्वकालीन गम्भीर अपराधमा कारबाहीको बाटो खुला, सर्वोच्चको परमादेश
-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
५ घण्टा अगाडि
2.3kViews 316 Shares Share on Facebook Share on Twitter काठमाडौं । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार…



