

प्रतिनिसभाको आजको बैठक स्थगित
काठमाडौं फागुन १३ । प्रतिनिधिसभाको आज बैठक पनि स्थगित भएको छ ।
बिहीबारको बैठक प्रधानमन्त्री शेर बहादुर देउवाले माओवादीले मतविभाजन मागेर सरकारको प्रस्ताव असफल बनाउने सूचना पाएपछि स्थगित गराएका थिए ।
सरकारले बैठक आइतबारसम्मका लागि स्थगित गर्न सभामुख अग्नि सापकोटालाई आग्रह गरेको बताईएको छ ।
केहीबेरपछि सूचना टाँस हुने बताईएको छ । बिहीबार पनि दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर अन्तिम समयमा स्थगित गरिएको थियो ।
अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेवल भएपछि राजनीतिक दलहरु विपरित ध्रुवमा बाढिएका छन् ।
दलहरु एमसीसी पास गर्ने विषयमा एकमत नभएपछि त्यसलाई कसरी पास गराउने भन्नेमा गृहकार्यमा सरकार लागिपरेको छ भने सरकार तथा संसदमा रहेको माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी त्यसको विपक्षमा रहेको छ । यता निरन्तर संसद अवरुद्ध गर्दै आइरहेको प्रमुख प्रतिपक्षी दल एमालेले एमसीसी परियोजनाबारे स्पष्ट धारणा सार्वजनिक गरेको छैन ।
समाज
थप सामाग्री-
झापामा विद्यार्थी बोकेको बस दुर्घटना : १३ जना घाइते, चालक फरार
-
उपत्यकामा ट्राफिकको कडा ‘एक्सन’ : दैनिक सयौँ कारबाही, राजस्वभन्दा सचेतनामा जोड
-
आईजीपी को प्रमुख आतिथ्यमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न
-
द्वन्द्वकालीन गम्भीर अपराधमा कारबाहीको बाटो खुला, सर्वोच्चको परमादेश
-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
५ घण्टा अगाडि
2.3kViews 316 Shares Share on Facebook Share on Twitter काठमाडौं । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार…



