

भारतबाट हुने आवतजावतमा रोक
कञ्चनपुर: कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण बढेसँगै पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारतबाट हुने आवतजावतको कार्य बन्द गरिएको छ। प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयको संयोजकत्वमा आज बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले माघ ९ गते राति १२ बजेदेखि लागू हुनेगरी अर्को व्यवस्था नभएसम्मका लागि अत्यावश्यक कार्यबाहेक सीमा नाकामा भारततर्फबाट हुने आवतजावत (साइकलमार्फत् हुने क्यारिङसमेत) नगर्ने/गराउने निर्णय गरेको छ।अति आवश्यक कामले जानै पर्ने भए सोसँग सम्बन्धित कागजात र कोभिड-१९ विरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटोसमेत भए हुने
अनिवार्यरूपमा सुरक्षाकर्मीलाई देखाउनुपर्ने नियम लागू गरिएको छ। विवाह, व्रतबन्ध जस्ता समाजिक कार्य गर्दा २५ जनाको सङ्ख्या नबढाई गर्ने र नित्य धार्मिक पूजा प्रार्थना बाहेकका धार्मिक भेला तथा कार्यक्रमहरु हाललाई सञ्चालन नगर्ने र एम्बुलेन्स सेवा प्रदायक संस्थाहरुलाई आफूले सञ्चालनमा ल्याइएका एम्बुलेन्सहरुमा अनिवार्यरूपमा जिपिएस राख्नुपर्नेछ।
सरकारी निकाय, स्थानीय तह, गैरसरकारी निकाय, संघसंस्था, पत्रकार महासंघलगायतका सरोकारवाला सबै संघसंस्थाको सहकार्य र समन्वयमा सबै पालिकामा अभियानका रूपमा जनचेतनामूलक कार्यक्रम र मास्क अभियान सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ।
कोरोना भाइरसको सङ्क्रमण रोकथाम र न्यूनीकरणका लागि नेपाल सरकारको निर्णय सबै सुरक्षा निकायलगायत सबै सरोकारवाला निकायहरु र संघसंस्थाहरु समन्वयात्मक रूपमा परिचालन भई कार्यान्वयन गर्न बैठकले आग्रहसमेत गरेको छ। अन्नपूर्ण पोस्ट बाट
समाज
थप सामाग्री-
झापामा विद्यार्थी बोकेको बस दुर्घटना : १३ जना घाइते, चालक फरार
-
उपत्यकामा ट्राफिकको कडा ‘एक्सन’ : दैनिक सयौँ कारबाही, राजस्वभन्दा सचेतनामा जोड
-
आईजीपी को प्रमुख आतिथ्यमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न
-
द्वन्द्वकालीन गम्भीर अपराधमा कारबाहीको बाटो खुला, सर्वोच्चको परमादेश
-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
८ घण्टा अगाडि
2.3kViews 316 Shares Share on Facebook Share on Twitter काठमाडौं । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार…



