

युक्रेनको राजधानी प्रवेश गर्यो रुसी सेना, भीषण युद्ध जारी
काठमाडौं ।युक्रेनको राजधानी शहर किभमा शनिबार बिहानैदेखि युद्ध सुरु भएको छ ।रुसले युक्रेनमाथि सैनिक कारबाही सुरु गरेको आज तेस्रो दिन हो । शनिबार युक्रेनको सबै मुख्य शहरहरुमा विस्फोट भएका छन् ।
यसबीच युक्रेनले ३ सय रुसी सेना बोकेको दुईवटा विमानलाई खसाएको दाबी गरेको छ । यता, रुसी सैनिकले किभको विमानस्थलमा कब्जा गरिसकेको बताइएको छ ।
युक्रेनको राजधानी किभको सडकमा रुसी सेनासँग भिडन्त शुरु भएको सरकारलाई उद्धृत गर्दै युक्रेनको समाचार एजेन्सी इन्टरफ्याक्सले जनाएको छ । ‘हाम्रो शहरको सडकमा भिडन्त भइरहेको छ,’ समाचार एजेन्सीले जनाएको छ ।
समाचारमा सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन र झ्याल वा बरण्डामा ननिस्कन चेतावनी दिएको छ ।
यसैबीच किभबाट करिब ३५ किलोमिटर दक्षिणमा रहेको भासिल्किभ शहरका मेयरले अहिले शहरको मध्यभागमा भीषण युद्ध भइरहेको बताएकी छन् ।
युक्रेनको संसदको च्यानलसँगको कुराकानीमा मेयर नातालिया बालासिनोभिकले भनिन्, ‘शहर पूरै युद्धमय बनेको छ ।
उनले युद्धको क्रममा दुवैतर्फ ठूलो क्षति भएको उल्लेख गरेकी छिन् । उनले युक्रेनको सेनाका दुई सयभन्दा धेरै सैनिक घाइते भएको उल्लेख गरेकी छिन् ।
समाज
थप सामाग्री-
झापामा विद्यार्थी बोकेको बस दुर्घटना : १३ जना घाइते, चालक फरार
-
उपत्यकामा ट्राफिकको कडा ‘एक्सन’ : दैनिक सयौँ कारबाही, राजस्वभन्दा सचेतनामा जोड
-
आईजीपी को प्रमुख आतिथ्यमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न
-
द्वन्द्वकालीन गम्भीर अपराधमा कारबाहीको बाटो खुला, सर्वोच्चको परमादेश
-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
५ घण्टा अगाडि
2.3kViews 316 Shares Share on Facebook Share on Twitter काठमाडौं । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार…



