

अवैध लागूऔषध सहित पक्राउ
मोरङ माघ १० । रतुवामाई नगरपालिका-८ डाँडागाउँ बस्ने ४५ वर्षीय कृष्ण राईलाई करिब ५ केजी ३ सय ९० ग्राम अवैध लागूऔषध गाँजा सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले राईको घर तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-१० औद्योगिक क्षेत्रबाट १ सय ५० ग्राम अवैध लागूऔषध गाँजा सहित सोही महानगरपालिका-१२ अन्नपूर्ण टोल बस्ने २० वर्षीय अनमोल बराललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कास्की, पोखरा महानगरपालिका-३० पावरहाउस चोकबाट करिब २ केजी अवैध लागूऔषध गाँजा सहित सोही महानगरपालिका-२१ बस्ने २६ वर्षीय राम बहादुर क्षेत्रीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.२ ख ५१२८ नम्बरको हाईसलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा हाईसमा सवार क्षेत्रीलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका-२४ स्थितबाट करिब ९ सय ग्राम अवैध लागूऔषध गाँजा सहित पटेर्वासुगौली गाउँपालिका-३ बस्ने ४० वर्षीय सलढ खाँ थारुलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ
समाज
थप सामाग्री-
झापामा विद्यार्थी बोकेको बस दुर्घटना : १३ जना घाइते, चालक फरार
-
उपत्यकामा ट्राफिकको कडा ‘एक्सन’ : दैनिक सयौँ कारबाही, राजस्वभन्दा सचेतनामा जोड
-
आईजीपी को प्रमुख आतिथ्यमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न
-
द्वन्द्वकालीन गम्भीर अपराधमा कारबाहीको बाटो खुला, सर्वोच्चको परमादेश
-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
८ घण्टा अगाडि
2.3kViews 316 Shares Share on Facebook Share on Twitter काठमाडौं । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार…



