

स्वास्थ्य कार्यालय लमजुङ मा सिटामोल अभाव
लमजुङ, ११ माघ । स्वास्थ्य कार्यालय लमजुङले लमजुङका स्वास्थ्य संस्थामा सिटामोलको अभाव नभएको जनाएको छ ।
स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले सरकारी स्वास्थ्य संस्थामा पर्याप्त मात्रामा सिटामोल रहेको जानकारी दिए । उनले भने, ‘स्वास्थ्य कार्यालय लमजुङ, जिल्ला अस्पताल लमजुङ, चार नगरपालिका र चार गाउँपालिकाका स्वास्थ्य शाखाको स्टोरमा पर्याप्त सिटामोल छ ।’
जिल्लाभर ५०० एमजीको ६ लाख ९९ हजार ५ सय १० ट्याबलेट सिटामोल मौज्दात रहेकाे उनले बताए । देशभर कोरोना संक्रमणसँगै रुघाखोकीका बिरामी बढेपछि सिटामोल अभाव चुलिएको छ । तर, लमजुङमा अभाव नभएको स्वास्थ्य कार्यालयका प्रमुख दवाडीले दाबी गरे । कार्यालयका अनुसार स्वास्थ्य कार्यालयमै एक लाख ७३ हजार ट्याबलेट स्टक छ ।
जिल्ला अस्पतालमा तीन लाख, बेंसीशहर नगरपालिका स्वास्थ्य शाखामा १० हजार, सुन्दरबजार नगरपालिका स्वास्थ्य शाखामा ३४ हजार दुई सय १०, राइनास नगरपालिका स्वास्थ्य शाखामा ६७ हजार आठ सय, मध्यनेपाल नगरपालिका स्वास्थ्य शाखामा २५ हजार पाँच सय ट्याबलेट बाँकी छ ।मर्स्याङ्दी गाउँपालिका स्वास्थ्य शाखामा ४१ हजार, दोर्दी गाउँपालिका स्वास्थ्य शाखामा ११ हजार, क्व्होलासोंथर गाउँपालिका स्वास्थ्य शाखामा २७ हजार र दूधपोखरी गाउँपालिका स्वास्थ्य शाखाको स्टोरमा १० हजार ट्याबलेट सिटामोल रहेको कार्यालयले जनाएको छ । यस्तै, कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जिल्लाभर आठ हजार एक सय १४ एन्टिजेन किट रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । तीन हजार एक सय ५१ पीपीई सेट रहेको जनाएको छ ।
समाज
थप सामाग्री-
झापामा विद्यार्थी बोकेको बस दुर्घटना : १३ जना घाइते, चालक फरार
-
उपत्यकामा ट्राफिकको कडा ‘एक्सन’ : दैनिक सयौँ कारबाही, राजस्वभन्दा सचेतनामा जोड
-
आईजीपी को प्रमुख आतिथ्यमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न
-
द्वन्द्वकालीन गम्भीर अपराधमा कारबाहीको बाटो खुला, सर्वोच्चको परमादेश
-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
९ घण्टा अगाडि
2.3kViews 316 Shares Share on Facebook Share on Twitter काठमाडौं । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार…



