

लागूऔषध सहित पक्राउ
काठमाडौं माघ १२ । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट करिब १ केजी ९ सय ग्राम अवैध लागूऔषध गाँजाको खैरो धुलो सहित मकवानपुर थाहा नगरपालिका-८ बस्ने २८ वर्षीय कुमार पुरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बा.५ ख ८७८९ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-२० राझाँ बिमानस्थलबाट करिब ३३ ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित कालिकोट तिलागुफा गाउँपालिका-७ बस्ने ५० वर्षीया कृष्णकला शाहीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बुद्ध एयरको उडानद्वारा काठमाडौं जान लागेकी उनलाई जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
तनहुँ, बन्दिपुर गाउँपालिका-१ डुम्रेबजारबाट करिब ३ सय ६० ग्राम अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने ३५ वर्षीय शिव कुमार श्रेष्ठलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठले अवैध लागूऔषध गाँजा सेवन गरी आफ्नै श्रीमतीलाई कुटपिट गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी डुम्रेबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
समाज
थप सामाग्री-
झापामा विद्यार्थी बोकेको बस दुर्घटना : १३ जना घाइते, चालक फरार
-
उपत्यकामा ट्राफिकको कडा ‘एक्सन’ : दैनिक सयौँ कारबाही, राजस्वभन्दा सचेतनामा जोड
-
आईजीपी को प्रमुख आतिथ्यमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न
-
द्वन्द्वकालीन गम्भीर अपराधमा कारबाहीको बाटो खुला, सर्वोच्चको परमादेश
-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
१० घण्टा अगाडि
2.3kViews 316 Shares Share on Facebook Share on Twitter काठमाडौं । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार…



