

स्कुटर चोरी गर्ने पक्राउ
बर्दिया माघ १३ ।
बढैयाताल गाउँपालिका-३ सिमरा बस्ने ३० वर्षीय बामदेब पौडेलको भे.१० प ६४८५ नम्बरको स्कुटर चोरी गरेको अभियोगमा सोही गाउँपालिका-५ हल्लन चोक बस्ने २८ वर्षीय शंकर परियारलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
बाँसगढी नगरपालिका-५ शान्ती मार्गटोल बस्ने बासुदेब पौडेलको घर अगाडि राखेको बामदेब पौडेलको मोटरसाइकल चोरी भएको भन्ने जानकारी प्राप्त हुनासाथ तत्काल ईलाका प्रहरी कार्यालय मोतिपुर बर्दियाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा बाँसगढी नगरपालिका-५ स्थित सालघारी सामुदायिक जंगल नजिकै परियारले उक्त मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा फेला पारी स्कुटर सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
समाज
थप सामाग्री-
झापामा विद्यार्थी बोकेको बस दुर्घटना : १३ जना घाइते, चालक फरार
-
उपत्यकामा ट्राफिकको कडा ‘एक्सन’ : दैनिक सयौँ कारबाही, राजस्वभन्दा सचेतनामा जोड
-
आईजीपी को प्रमुख आतिथ्यमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न
-
द्वन्द्वकालीन गम्भीर अपराधमा कारबाहीको बाटो खुला, सर्वोच्चको परमादेश
-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
१० घण्टा अगाडि
2.3kViews 316 Shares Share on Facebook Share on Twitter काठमाडौं । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार…



