

खैरो हिरोइनसहित दुई जना पक्राउ
भोजपुर माघ १४ । दुईवटा मालबाहक ट्रकमा खैरो हेरोइन (ब्राउन सुगर) भेटिएपछि प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ। भोजपुर सदरमुकाम नजिकैको दुम्सिकास्थित को. १ ख ६२३२ र ना. ६ ख ७४७८ नम्बरको ट्रकमा ब्राउन सुगर लुकाएर लाँदै गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी इन्सपेक्टर अर्जुनकुमार अधिकारीले जानकारी दिए।ट्रक चालक धनकुटा नगरपालिका घर भइ मोरङ केराबारी बस्दै आएका २९ वर्षीय सुमन तामाङ र संखुवासभा धर्मदेवी नगरपालिका–५ बस्ने ३७ वर्षीय दलबहादुर मगरलाई पक्राउ गरिएको छ। भोजपुरबाट धरान जाँदै गरेका उनीहरूको साथबाट करिब २ ग्राम १ मिलिग्राम ब्राउन सुगर र ८३ हजार ६ सय नगद बरामद गरिएको छ। दुईवटै ट्रक नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।
समाज
थप सामाग्री-
झापामा विद्यार्थी बोकेको बस दुर्घटना : १३ जना घाइते, चालक फरार
-
उपत्यकामा ट्राफिकको कडा ‘एक्सन’ : दैनिक सयौँ कारबाही, राजस्वभन्दा सचेतनामा जोड
-
आईजीपी को प्रमुख आतिथ्यमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न
-
द्वन्द्वकालीन गम्भीर अपराधमा कारबाहीको बाटो खुला, सर्वोच्चको परमादेश
-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
११ घण्टा अगाडि
2.3kViews 316 Shares Share on Facebook Share on Twitter काठमाडौं । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार…



