

श्रीलंकाका पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेनाले गरे नयाँ निर्वाचनको माग
बैशाख १९,काठमाडौं ।श्रीलंकाका पूर्वराष्ट्रपति तथा श्रीलंका फ्रिडम पार्टी (एसएलएफपी) का अध्यक्ष मैत्रीपाला सिरिसेनाले नयाँ निर्वाचनको माग गरेका छन् । पोलोनारुवामा आइतबार आफ्नो पार्टीले आयोजना गरेको मे दिवसको र्यालीलाई सम्बोधन गर्दै सिरिसेनाले देशमा नयाँ निर्वाचनको माग गरेका हुन् । देशले ठूलो विपत्तिको सामना गरिरहेको बेला राजनीतिज्ञहरूले जनताको पक्ष लिनुपर्ने बताउँदै उनले सोही उद्देश्यका लागि अन्तर्राष्ट्रिय श्रमिक दिवसमा सडकमा उत्रिएको बताए । सरकारको विरोधमा देशका धनीदेखि निर्दोष पीडामा परेका किसान र सरकारी कर्मचारी सडकमा उत्रिएको उनले स्मरण गरे । देशमा हजारौं समस्याले जनता मर्कामा परेका बेला आफू घरमा बस्न नसकेको उनको भनाइ छ । यो समाचार रातोपातीबाट साभार गरिएको हो ।
समाज
थप सामाग्री
एक व्यवसायीको करुण कहानी, ब्ल्याकमेल र वित्तीय सङ्कटको चक्रव्यूह
१७ घण्टा अगाडि
2.1kViews 251 Shares Share on Facebook Share on Twitter काठमाडौं । चर्चित टिकटकर तथा आभूषण व्यवसायी तुलसा अधिकारीविरुद्ध ठगी, आपराधिक…



