

चोरीमा संलग्न रही फरार रहेका २ जना पक्राउ
तनहुँ माघ १५ ।
भानु नगरपालिका-९ वाईसजाँगरस्थित अशोक श्रेष्ठको कालिका मोबाइल एण्ड ईलेक्ट्रोनिक पसलबाट करिब ५ लाख रुपैयाँ मूल्य बराबरको बिभिन्न कम्पनीका मोबाइल सेट, घडी, रिचार्ज कार्ड लगायतका सामानहरू चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा लमजुङ वेशीसहर नगरपालिका-९ घर भएका २३ वर्षीय पूर्ण बहादुर गुरूङ र वेशीसहर नगरपालिका-८ बस्ने लमजुङ दुधपोखरी गाउँपालिका- ६ घर भएका २५ वर्षीय विकास गुरूङ रहेका छन् ।
उक्त पसलबाट २०७८ कात्तिक २९ गते धनमाल चोरी भएको घटनाको प्रहरीले अनुसन्धान गर्ने क्रममा चोरीमा संलग्न उनीहरुलाई चोरी भएका बिभिन्न कम्पनीका मोबाइल सेट ११ थान सहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरु उपर चोरी मुद्दा शीर्षकमा जिल्ला अदालत तनहुँबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
समाज
थप सामाग्री-
झापामा विद्यार्थी बोकेको बस दुर्घटना : १३ जना घाइते, चालक फरार
-
उपत्यकामा ट्राफिकको कडा ‘एक्सन’ : दैनिक सयौँ कारबाही, राजस्वभन्दा सचेतनामा जोड
-
आईजीपी को प्रमुख आतिथ्यमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न
-
द्वन्द्वकालीन गम्भीर अपराधमा कारबाहीको बाटो खुला, सर्वोच्चको परमादेश
-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
११ घण्टा अगाडि
2.3kViews 316 Shares Share on Facebook Share on Twitter काठमाडौं । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार…



