

लागूऔषध सहित पक्राउ
सर्लाही माघ १५ ।मलंगवा नगरपालिका-७ गणेशिया चोकबाट करिब २० केजी ९ सय ग्राम अवैध लागूऔषध गाँजा सहित मकवानपुर कैलाश गाउँपालिका-२ बैकुण्ठ बस्ने ३० वर्षीया करिश्मा मोक्तानलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रदेश २-००१ ह १४०२ नम्बरको टेम्पुलाई अस्थाई प्रहरी पोष्ट पेट्रोलपम्पबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा टेम्पुमा सवार करिश्मालाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै टेम्पु चालकलाई आवश्यक अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुर्खेत, भेरीगंगा नगरपालिका-१० तोलीखोलास्थित सडकबाट करिब २ ग्राम ६ सय १० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुर्भाकोट नगरपालिका-८ बस्ने ३२ वर्षीय लक्ष्मण परियार र सोही नगरपालिका-९ बस्ने ३० वर्षीय रेसम वली रहेका छन् । नेपालगंजबाट सुर्खेततर्फ जाँदै गरेको भे.१ ज ८३६ नम्बरको गाडीलाई ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले जाँच गर्दा गाडीमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
समाज
थप सामाग्री-
झापामा विद्यार्थी बोकेको बस दुर्घटना : १३ जना घाइते, चालक फरार
-
उपत्यकामा ट्राफिकको कडा ‘एक्सन’ : दैनिक सयौँ कारबाही, राजस्वभन्दा सचेतनामा जोड
-
आईजीपी को प्रमुख आतिथ्यमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न
-
द्वन्द्वकालीन गम्भीर अपराधमा कारबाहीको बाटो खुला, सर्वोच्चको परमादेश
-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
११ घण्टा अगाडि
2.3kViews 316 Shares Share on Facebook Share on Twitter काठमाडौं । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार…



