

जसपा नेता दलमर्दन को विचार
दलमर्दन कामी (जसपा नेता )
बाबुरामभट्टराई,उपेन्द्र यादव,अशोककुमार राइलाइ खोज्दैछु ।
मेरो पार्टी जसपा नेपालका संघीय परिषद अध्यक्ष पुर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई,पार्टी अध्यक्ष उपेन्द्र यादव ,वरिष्ठ नेता अशोककुमार राई , म तपाइको एउटा कार्यकर्ता हुनुको नाताले तपाईं तिनैजना नेताहरुलाई खोज्दैछु तपाइहरु कुन अन्धकारमय दुलोमा हुनुहुन्छ ?
होस गुमाएर अँध्यारोमा हुनुहुन्छ भने भन्नुहोस् कामी दलमर्दन बत्ति लिएर आइज हामी अन्धकारमा हरायौं अनि म आउनेछु त्यो अध्यारोलाई हटाएर समनता समतामूलक सभ्य समाज र बिकास र समृद्धको ज्योति दिन तयार छु अध्यारोमा हराएका तपाइहरुलाइ बाट देखाउनु तयार छु।
किनकि मेरा पुर्खाले अत्यन्तै कष्ट गरेर फलामलाई पगालेर बनाएको बत्तिको रूपमा जस्ले आफू अन्याय अत्याचार अमानवीय क्रूरता सहेर पनि तपाइका पू्र्खाले र तपाईं रहेको त्यो अपराधी बिभेदकारी हत्याहिंसामा होलि खेले र खेलिरहेका
तिनै तपाइका पुर्खा र तिनका सन्तानहरुले अछुत तल्लोजात सुद्र दलित बनाउदा बनाउदै पनि सेवा र सुबिधा दिन फलाम र तामा पित्तललाई पगालेर बत्ति बनाइदिए आफलाइ लुगा नहुदानहुदै त्यो लुगाको सलेदो बनाइदिए आफू जो मुर्दाशान्तिमा नारकिय जीवन बिताउन अहिले पनि बाध्य छ्न ।
जसले बनाएको ज्योतिको सहारामा अर्थात तपाइहरुले सुद्र अछुत तल्लोजात दलित बनाइ शिक्षा स्वास्थ्य रोजगार गाँस बास कपास अपमान तिरस्कार विभेद दमन हत्याहिंसा बहिष्कार र बहिस्करण जस्तो क्रूरता विरुद्ध अनेकन संघर्ष गरेर अहिले तपाईं सत्ता र शक्तिको ऐसआरामको पोखरीमा डुबुल्कीले मातिएर अन्धकारमा हराउन समेत पुग्नुभो हैन ?
हैन यदिभने मलाई उत्तर दिनुस् तपाइँ बाबुराम भट्टराई ,उपेन्द्र यादव अशोककुमार राई कुन अँध्यारोमा हुनुहुन्छ र देख्नु भएन गणतन्त्र नेपाल स्थापनाका सहिद सेतु बिकको सालिक तोडफोड गरेको ? अनि जीउँदै मुर्दाशान्तिमा रहेको तपाइहरुले अछुत बनाएको करिब ७० लाख शिल्पी समुदाय माथी अपमान गर्दै खप्परमा हाने को ?
संविधानको मर्म र भावना बिपरित रहेस गणतन्त्र र धर्मनिरपेक्षताको बिरोध गर्ने देश द्रोही राजेन्द्र लिङ्देनको समूह हिन्दुअतिवादी कमल थापाका केहि झोले र मेरो राजतन्त्रको सिनोमा गिद्दझै केही टट्टूहरुले गणतन्त्र नेपालका महान सहिद सेतु बिकको सालिकको अपमान गरि तोडफोड गर्नुको साथै ७० लाख जिउदा दलित बनाइएका शिल्पी समुदायको टाउकोमा हानेका छ्न यत्रो हुदा समेत नदेख्ने गरि तपाइहरु कहाँ हराउनु भएको हो अनि तपाइहरुले स्वाद चाखिसकेको राज्यसरकार कहाँनेर ? मलाइ जबाफ चाहियो ।
यत्रो राज्यमाथी ,संघीय लोकतान्त्रिक गणतन्त्र माथी हवला बोलिरहदा देशद्रोही माथि एकसब्द बोल्नु नसक्नु एउटा प्रेस बिग्यप्ती जारी गर्न नसक्नु या बेवास्ता गर्नु तपाइहरुको नेतृत्व माथिको नैतिकता माथि प्रश्न गर्नुपर्ने भोकी नाइ ? यसको जबाफ कस्ले दिने? मेरो समुदायको एउटा नाम संग जोडिएको गणतन्त्र नेपाल स्थापनामा सहिद सेतु बिकको सालिक तोडफोडको बारेमा आफ्नो कुरा राख्दा आफ्नो सक्कली नाम लुकाएर फेसबुक मार्फत मलाई अपमानजन्य तथानाम गाली गर्ने र ज्यान लिनेे परिवार सिध्याउने सम्मका धम्की हिन्दु सहित राजतन्त्रको वकालत गर्ने जनजातिका भेषमा राजतन्त्रको सिनो काट्टो खाने दाउमा रहेका राजेन्द्र लिङ्देनको झोले तिनका पनि झोले आसेपासे हप्काइ मेरो लागि केही हैन म जेसुकै हौला मेरो परिवारको अबस्था जेसुकै होस तर मेरो देशको संरक्षण र समुदायको सम्मानको जगेर्ना मैले गर्ने हो यसो गर्दा म र मेरो परिवार मर्न परे मरौला तर मेरो नेताले म र मेरो समुदाय तपाइको पुर्खाले अछुत बनाएको शिल्पी समयलाई हेर्ने र गणतन्त्रको बारेमा र यसका सहिद हरुमाथी तपाइहरुको धारणा मलाइ चाहियो ।
बाबुराम भट्टराई, उपेन्द्र यादव अशोककुमार राई तपाइहरुले भन्नुपर्यो अब राजावादी राजेन्द्र लिङ्देन र तिनका आसेपासे जसले समाजलाई खलबलाइ रहेका छ्न तिनको टाउको फोर्नु पर्यो भनेर । हैन भने सहिद प्रति अपमान किन? याद रहोस् सचेत गराउन चाहान्छु राप्रपाका राजेन्द्र लिङ्देन समूहले राजा बिरेन्द्रको सालिक राख्न नपाइएको झोकमा गणतन्त्र नेपालको सहिद सेतु बिकको सालिक भत्काउनु भनेको तोडफोड गर्नुभनेको देश द्रोही कार्य हो । संविधान बिरोधि कार्यको राज्यको विरुद्ध होभने दलित बनाइएका शिल्पी समुदाय प्रतिको अपमान हो।,
फेरि एकपटक भन्छु मैले अहिलेसम्म मानेको नेता र म कार्यकर्ताको हिसाबले बाबुराम भट्टराई, उपेन्द्र यादव अशोककुमार राई तपाइहरुले मलाइ जबाफ दिन पर्यो
हिन्दुधर्म सहितको राजतन्त्र माग गर्ने राजेन्द्र लिङ्देन र हिन्दुको नाममा दलाल कमल थापा र तिनका कार्यकर्ता देश द्रोही हुन यिनको कार्यको घोर भत्सर्ना र खेद प्रकट गर्दै हदैसम्मको कार्वाही गर्न राज्यसँग जोडदार माग गरेर अगाडि बढनु पर्यो हैन कित म लगायतलाई मरेको राजतन्त्र काट्टो र सिनो हिन्दुसहितको राजतन्त्रको नाम भजाउने राजेन्द्र लिन्देन टाउको फोर्ने अधिकार दिनुपर्यो । हैन भने हतौडा सहित लाल्टिन बोकेर तपाइहरुको त्यो अध्यारोमा आएर खोज्नुपर्ने हुन्छ।
समाज
थप सामाग्री
घरबारविहीन नबनाउने सरकारको प्रतिबद्धता, सुकुम्बासी व्यवस्थापनमा विशेष आयोग गठन गरिने
१६ घण्टा अगाडि
1.7kViews 134 Shares Share on Facebook Share on Twitter काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले घरबारविहीन नागरिकको…



बाबुरामभट्टराई,उपेन्द्र यादव,अशोककुमार राइलाइ खोज्दैछु ।
