

भक्तपुरका सरकारी जग्गा व्यक्तिका नाममा पुगेको आरोप, छानबिनको माग
काठमाडौं । भक्तपुर जिल्लामा विगत केही दशकयता सरकारी, गुठी तथा ऐलानी जग्गा व्यक्तिका नाममा पुगेको आरोप पुनः उठेको छ। स्थानीयवासीले सार्वजनिक सम्पत्ति अतिक्रमण हुँदै निजी स्वामित्वमा परिणत भएको दाबी गर्दै छानबिनको माग गरेका छन्।
भक्तपुरमा वि.सं. २०२१ सालमा जग्गा नापजाँच भएपछि निजी जग्गा व्यक्तिका नाममा लालपूर्जा दिइएको भए पनि सरकारी, गुठी, मठमन्दिर, ऐलानी, वनजंगल, पोखरी, ढुंगेधारा, राजकुलो र खोलानालालगायतका जग्गा सरकारकै नाममा राखिएको थियो। तर पछि ती जग्गा अतिक्रमण हुँदै गएको स्थानीयको आरोप छ।
सल्लाघारी, चंगा गणेश क्षेत्र, खरिपाटी सडक आसपास, दुवाकोट, सिर्जनानगर र राधेराधे क्षेत्रमा सरकारी तथा गुठी जग्गा अतिक्रमण भएको दाबी गरिएको छ। स्थानीयका अनुसार २०२९ सालसम्म ती क्षेत्र प्रायः खाली थिए, तर पछि बस्ती विस्तार हुँदै अहिले ठूलो संख्यामा घर निर्माण भएका छन्।
सल्लाघारीस्थित तीनकुने चौर पनि राजपरिवारको जग्गा रहेको र पछि नेपाल ट्रष्टमार्फत संरक्षणमा आए पनि अतिक्रमण भएको स्थानीयको आरोप छ। अहिले उक्त क्षेत्रमा निजी संरचना बनेका छन्।
त्यसैगरी सूर्यविनायक नगरपालिका आसपासका सरकारी जग्गामा समेत घर निर्माण भएको दाबी गरिएको छ। पहिले खुला चौर, ढुंगेधारा र रुख भएका क्षेत्रमा अहिले बस्ती विस्तार भएको स्थानीय बताउँछन्।
स्थानीयले केही राजनीतिक व्यक्तित्व र नेताहरूको संरक्षणमा सरकारी जग्गा अतिक्रमण भएको आरोपसमेत लगाएका छन्। यद्यपि यी आरोपबारे आधिकारिक पुष्टि भने भएको छैन।
स्थानीयवासीले सिडिओ र मालपोत कार्यालयमार्फत देशभरका सरकारी, गुठी तथा सार्वजनिक जग्गाको यथार्थ अवस्था छानबिन गरी अतिक्रमित जग्गा फिर्ता ल्याउन माग गरेका छन्।
समाज
थप सामाग्री-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
-
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
-
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
१ दिन अगाडि
1.5kViews 138 Shares Share on Facebook Share on Twitter ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको सबैभन्दा…



