

भ्रामक समाचार प्रकाशित गरेको भन्दै छत्र श्रेष्ठले निकाले विज्ञप्ति
30.9kViews
388
Shares
काठमाडौं । काठमाडौ महानगरपालिका असन निवासी छत्र बहादुर श्रेष्ठले उनको विरुद्ध विभिन्न समाचार माध्यमले समाचार प्रकाशित गरे पछी आज एक विज्ञप्ति जारी गरेका छन ।विज्ञप्तिमा भनिएको छ : – विज्ञप्ति गत केही दिनदेखि विभिन्न मिडियामा प्रकाशित समाचारबारे मेरो घोर आपत प्रकट गर्दछु । म काठमाडौं महानगरपालिका असन स्थायी निवासी छत्रबहादुर श्रेष्ठ हुँ ।गत फागुन ३ गतेबाट मेरो नाम र फोटो समेत जोडी केही सञ्चारमाध्यमहरुमा धाराबाहिक रुपमा “सहकारीमार्फत बचतकर्ताको करोडौं रकम ठगेर नामुद ठग छत्रबहादुर श्रेष्ठ गायब” शिर्षकमा समाचार प्रकाशित हुनेले म आस्चार्य चकित परेको छु । एक नागरिकको मानवअधिकार एवम् एक मानिसले बाँच्न पाउने अधिकारको समेत ख्याल नराखी समाचार प्रकाशितहुनुले आफू अत्यन्त मर्माहत भएको मेरो ठम्याइ छ ।पत्रकारीताको सामान्य मुल्य मान्यताको समेत ख्याल नराखी भ्रामक ,कपोलकल्पीत,क्षमाअयोग्य समाचार प्रकाशित हुनुले समग्र सञ्चारमाध्यमको विस्वसनियता माथि प्रश्न चिन्न खडा भएको समेत मैले बुझेको छु । गत केहिदिन देखि लगातार प्रकाशित समाचारमा करिब २० वटा सहकारीबाट करिब २० करोड ऋणलिई आफू फरार रहेको समाचार प्रकाशित गर्ने समाचार माध्यमलाई २० लाख सम्म पनि ऋण देखाउन म चुनौती दिन्छु अन्यथा आफु कानुनी बाटो रोज्न बाध्य हुने छु ।”मिडियाको नाममा च्याउसरी खुलेका अनलाइन पोर्टलहरुले विना प्रमाण ,तथ्यहिन प्रकाशित समाचारले मेरो मानमर्दन हुनुका साथै सामाजिक प्रतिस्ठामा समेत आँच आएकाले सोको जिम्मेवारी स्वयं समाचार माध्यमका सञ्चालकले लिनु पर्नेछ । समाचारमा भने जस्तो लिँदै नलिएको ऋण देखाई कपोलकल्पित समाचार प्रकाशित गरीनुले मेरो विरोधीहरुले ठुलै रकमको चलखेल गरेेको हुनसक्ने आसंका गरेको छु ।यस समाचार प्रकाशित गर्न मेरा विरोधीहरु खड्की दम्पती (बुद्धरत्न खड्की र हरेश माया खड्की)ले अफहवा फैलाउने कार्य गरेको मेरो ठम्याई छ ।म स्वयं मिटरव्याजी सहकारी र मिटरव्याजी साहुकार खड्की दम्पतीले केही अनलाइन पोर्टललाई आर्थिक प्रलोभनमा पारी समाचार प्रकाशन गर्न लगाएको वुझिएको छु । विभिन्न समाचार माध्यममा प्रकाशित समाचारमा सहकारीका अध्यक्षहरु आशिष तामाङ , वचन श्रेष्ठ , लगाएतका व्यक्तिहरुले गुनासो गरे भनिएको छ उक्त भर्षनको रेकर्ड र अध्यक्षहरुको सम्पर्क नम्बर समेत उपलब्ध गराउन समेत सबै समाचार प्रकाशित गर्ने समाचार माध्यमलाई चुनौती दिन चाहन्छु ।अन्यथा आफू कानुनी बाटो रोज्न बाध्यहुने जानकारी गराउँदछु ।
छत्र बहादुर श्रेष्ठ काठमाडौं महानगर पालिका ,असन
Facebook Comments Box
समाज
थप सामाग्री-
झापामा विद्यार्थी बोकेको बस दुर्घटना : १३ जना घाइते, चालक फरार
-
उपत्यकामा ट्राफिकको कडा ‘एक्सन’ : दैनिक सयौँ कारबाही, राजस्वभन्दा सचेतनामा जोड
-
आईजीपी को प्रमुख आतिथ्यमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न
-
द्वन्द्वकालीन गम्भीर अपराधमा कारबाहीको बाटो खुला, सर्वोच्चको परमादेश
-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
१५ घण्टा अगाडि
2.4kViews 316 Shares Share on Facebook Share on Twitter काठमाडौं । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार…



