

वन्यजन्तु चितुवाको छाला, दाँत र विभिन्न हातहतियार सहित पक्राउ
कास्की माघ ९ । पोखरा महानगरपालिका-२२ पुम्दि भुम्दी बस्ने २८ वर्षीय खो बहादुर थापालाई वन्यजन्तु चितुवाको जस्तो देखिने छाला, दाँत र विभिन्न हातहतियार सहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।
थापाले अवैध रुपमा वन्यजन्तुको छाला घरमा लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा चितुवाको जस्तो देखिने छाल १ थान, २ वटा दाह्रा सहितको दाँतको भागको टुक्रा १ थान र दुई नाले कार्तुस बन्दुक १ थान , सोही बन्दुकमा लाग्ने प्रयोग भइसकेको खालि खोका ४५ थान, धातुका छर्रा १ सय ९१ थान, बारुद ३ सय १५ ग्राम, धातुका सानो छर्रा १ सय ५० ग्राम, छर्रा बनाउन प्रयोग हुने सिसाको धातुको विभिन्न आकारको डल्लो पदार्थ २ किलो ९ सय ५ ग्राम र सानो पटाका रहेको रातो रंगको पत्ता १ थान सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
उनीहरु उपर जिल्ला अदालत कास्कीबाट हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
समाज
थप सामाग्री-
झापामा विद्यार्थी बोकेको बस दुर्घटना : १३ जना घाइते, चालक फरार
-
उपत्यकामा ट्राफिकको कडा ‘एक्सन’ : दैनिक सयौँ कारबाही, राजस्वभन्दा सचेतनामा जोड
-
आईजीपी को प्रमुख आतिथ्यमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न
-
द्वन्द्वकालीन गम्भीर अपराधमा कारबाहीको बाटो खुला, सर्वोच्चको परमादेश
-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
७ घण्टा अगाडि
2.3kViews 316 Shares Share on Facebook Share on Twitter काठमाडौं । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार…



