

हुम्ला अस्पतालको सेवा एक हप्तापछि सुरु
सिमकोट, १७ माग
हुम्ला जिल्लामा रहेको एक मात्र जिल्ला अस्पतालले एक हप्तापछि पुनः सेवा सुचारु गरेको छ । जिल्ला अस्पताल हुम्लामा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएपछि सेवा बन्द गरिएकोमा सबै सेवा एक हप्तापछि सुचारु गरेको जिल्ला अस्पताल स्रोतले जानकारी दिएको छ ।
यसअघि माघ ७ गते कोरोना परीक्षण गर्दा आठ जना स्वास्थ्यकर्मीलाई सङ्क्रमण पुष्टि भएको र सङ्क्रमण बढ्ने त्रासपछि अस्पतालले अर्को सूचना प्रकाशन नगर्दासम्मका लागि आकस्मिक बाहेक सबै सेवा बन्द गरेको थियो ।
संक्रमित स्वास्थ्यकर्मी आइसोलेसनबाट मुक्त भएकोले एक हप्तापछि जिल्ला अस्पताल हुम्लाले सबै सेवा पुनः सुरु गरेको स्वास्थ्य कार्यालय प्रमुख प्रेम बहादुर सिंहले बताए।जिल्ला अस्पताल हुम्लाले अहिले सोमबारबाट सबै सेवा पहिलेकै अवस्थामा सुचारु गरी नागरिकहरूलाई सेवा दिएको प्रमुख सिंहले बताए । नियमित अस्पताल सञ्चालन हुने भएपछि चिकित्सक र स्वास्थ्यकर्मी २४सै घण्टा सेवामा खटिएको उनी बताउँछन् ।
जिल्ला अस्पताल हुम्ला सोमबारबाट सञ्चालनमा आएको र कार्यालय खुलेको पहिलो दिनमै पचास जना बिरामीको ओपिडीमा चेकजाँच तथा उपचार भएको अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले बताइन् ।
अस्पताल सञ्चालनमा आय लगत्तै बिरामीलाई भर्नासमेत लिने जिल्ला अस्पतालको सूचना अधिकारी भक्त पडेराले जानकारी दिएका छन् । कोरोनाका कारण अस्पतालका सेवा बन्द हुँदा दीर्घरोगीहरू समस्यामा पर्दै आएका नागरिक समाजका अगुवा राजबहादुर रोकायाले बताए ।
यसअघि अस्पतालले आकस्मिक सेवा, प्रसूति, कोरोना परीक्षण र खोप लगाउने कार्य सञ्चालन गरिएको भएता पनि अन्य सबै सेवा बन्द गरेको थियो ।
समाज
थप सामाग्री-
झापामा विद्यार्थी बोकेको बस दुर्घटना : १३ जना घाइते, चालक फरार
-
उपत्यकामा ट्राफिकको कडा ‘एक्सन’ : दैनिक सयौँ कारबाही, राजस्वभन्दा सचेतनामा जोड
-
आईजीपी को प्रमुख आतिथ्यमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न
-
द्वन्द्वकालीन गम्भीर अपराधमा कारबाहीको बाटो खुला, सर्वोच्चको परमादेश
-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
१३ घण्टा अगाडि
2.4kViews 316 Shares Share on Facebook Share on Twitter काठमाडौं । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार…



